नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सक्रिय राजनीतिबाट बाहिरिने बताएका छन् । आज (शुक्रबार) जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
उनले आगामी महाधिवेशनबाट युवालाई पार्टीको नेतृत्व सुम्पिएर सक्रिय राजनीतिबाट विश्राम लिने सोचमा रहेको संकेत गरे ।
अब हुने पार्टीको महाधिवेशनबाट म सन्यास लिने सोच्दै छु । पार्टीमा यु्वाहरुलाई अवसर दिनुपर्छ । पार्टीभित्र रहनुभएको ७० वर्ष उमेर पुरा हुनुभएका नेताहरुलाई पनि सन्यास लिन आग्रह गर्दछु,’– उनले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस