राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारमा सहभागिता जनाउने कि नजनाउने भन्ने विषयमा आउँदो शुक्रबार मात्रै निर्णय लिने भएको छ। आज (सोमबार) पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति बैठक पछि महामन्त्री डा. मुकुल ढकालले सरकारमा जाने वा नजानेबारे शुक्रबार पार्टीले निर्णय लिने पत्रकारहरूलाई बताए।
आज बसेको बैठकमा केन्द्रीय सदस्यहरूले सरकारमा जाने वा नजानेबारे आ–आफ्ना धारणा राखेका थिए। पुरानै अडानको माहोल बनेमा सरकारमा सहभागी हुन सक्ने विषय बैठकमा उठेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस