Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारको पैसा हरायो-२ : ग्लोबल आइएमई समुन्नत योजना - १ का कारण लगानीकर्ताको एक अर्ब फ्रिज

अर्थ संसार

सोमबार, २५ बैशाख २०८०, १८ : ४२ मा प्रकाशित

सेयरबजारको पैसा हरायो-२ : ग्लोबल आइएमई समुन्नत योजना - १ का कारण लगानीकर्ताको एक अर्ब फ्रिज

सेयरबजारमा लगानी भइरहेका वा लगानी हुन पर्ने पैसा बजारबाट एकाएक कता कहाँ हरायो ? यस विषयमा यस अघि "फिक्सडमा म्युचुअल फण्डको ३ अर्ब माथिको डिपोजिटमा पैसा फसेको" विवरण सार्वजनिक गरिसकेको छ।  

सेयरबजारको पैसा हरायो-१ : फिक्सडमा म्युचुअल फण्डको ३ अर्ब माथिको डिपोजिट

तेस्तै लगानीकर्ताको पैसा रोखिएको अर्को खुलासा गर्दैछौ। ग्लोबल आइएमई बैंक लिमिटेड कोष प्रवर्द्धक रहि ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको तथा ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “ग्लोबल आइएमई समुन्नत योजना - १” को झन्डै १० करोड इकाई परिपक्व भएपनि लगानीकर्ताले यसको भुक्तानी पाएका छैनन । जसले गर्दा लगानीकर्ताको झण्डै एक अर्ब लगानी योग्य रकम फसेको छ। '

सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम (३१) को खण्ड (१) (क) मा भएको व्यवस्था बमोजिम योजनाको अवधि समाप्त भएपछि नेपाल स्टक एक्सचेञ्ज नेप्सेले दोश्रो बजारमा यस योजनाको सूचीकरण खारेज गरिसकेको छ ।

“ग्लोबल आइएमई समुन्नत योजना - १” खारेजी पश्चात् सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम (३२) को उपनियम (३) को व्यवस्था बमोजिम योजना अर्न्तगतको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई उनीहरुको स्वामित्वको आधारमा भुक्तानी दिनुपर्ने व्यवस्था छ । 

नेप्सेमा अन्तिम कारोबार चैत्र ९ गते बिहीबारसम्म कारोबार भई कायम हुने इकाईधनीहरु मात्र योजनाको खारेजी पश्चातको प्रतिफल प्राप्त गर्ने लगानीकर्ताको पैसा अहिले फ्रिज भएको छ। 

यस योजना सञ्चालनका लागि योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले २०७२ साल माघ १३ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । यस योजना सञ्चालनका लागि १० करोड इकाई जारी गरिएको थियो ।

ग्लोबल आइएमई समुन्नत योजना - १  चैत्र ११ गते नै परिपक्व भइसकेको हो ।  परिपक्व भएको एक महिना नाघिसक्दा पनि क्यापिटलले भुक्तानी गर्ने केहि तयारी गरेको छैन।

लगानीकर्ताको यति धेरै पैसा होल्ड हुँदा पनि ग्लोबल आइएमई क्यापिटल लगानी फिर्ता गर्ने चटारोमा भने छैन। उल्टो क्यापिटल भने नियमावली रहेको ३ महिनाको व्यवस्थालाई देखाउदै पन्छिने गरेको छ। 

ग्लोबल आइएमई क्यापिटलका एक अधिकारीले भने  "हाम्रो फण्ड खारेज भएको हालसम्म ३ महिना पुगेको छैन । नियमावली अनुसार नै ३ महिनाभित्र भुक्तानी गर्नुपर्ने व्यवस्था छ त्यसैले समय अझै बाँकी नै छ। "

"निर्देशिका अनुसार नेपाल धितोपत्र बोर्ड सेबोनको स्विकृती प्राप्त भएपछि मात्रै भुक्तानी प्रकृया अघि बढ्छ । अहिले हामी सेबोनको अप्रुभल कुरिराछौँ । सेबोनबाट अप्रुभल प्राप्त भएपछि अन्य प्रकृया अघि बढ्छ ।" अधिकारी बताउंछन्। 

फण्ड जस्तै नियामकलाई पनि लगानीकर्ताको पैसा रोकिएको कुरामा चिन्तित देखिदैन। प्रकृया अनुसार नै हुने काम हुने जानकारी दिन्छ सेबोन। 

लगानीकर्ताहरु पनि आइएमई क्यापिटल सँग रुष्ट देखिन्छन। "यो सरासर फण्डको लापरवाही हो।  योजना सकिने दिन सम्म फण्डले आफ्नो लगानी बेचेर सकिसकेको हुनपर्ने हो , के यत्रो  रोकिएको समयको फण्डले हामीलाई ब्याज दिन्छ ? " भनेर प्रश्न गर्छन। 

बजारमा तरलता अभाव भएको बेला १ अर्ब लगानी योग्य पूंजी गायब हुनु चानचुने विषय होइन। नियामकको यसमा ध्यान जानैपर्छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको