Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई समुन्नतले पठायाे १००% लाभांश, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

अर्थ संसार

मंगलबार, २८ मंसिर २०७८, १२ : २६ मा प्रकाशित

ग्लोबल आइएमई समुन्नतले पठायाे १००% लाभांश, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

ग्लोबल आईएमई बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे ग्लोबल आईएमई क्यापिटल अन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना १ ले मंसिर २६ गतेदेखि आफ्ना इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गरेकाे छ ।

फण्डले नगद लाभांश वितरण गर्नको लागि मंसिर २२ गते, बुधबार एक दिनका लागि बुकक्लोज गरेको थियाे ।  त्यसैले मंसिर २१ गते, मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र याे लाभांश प्राप्त गर्नेछन् । 

ग्लोबल आईएमई क्यापिटल लिमिटेडकाे असाेज २४ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले ग्लोबल आइएमई समुन्नत योजना १ का इकाईधनीहरूलाई करसहित १०० प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

फण्डले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखी हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेकाे छ । 

फण्डकाे योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

फण्डले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61b83e35dff90.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको