Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई समुन्नत योजना-१ को सेयर लगानी बढ्याे, न्याभ कति ?

अर्थ संसार

मंगलबार, १५ भदौ २०७८, १३ : ०६ मा प्रकाशित

ग्लोबल आइएमई समुन्नत योजना-१ को सेयर लगानी बढ्याे, न्याभ कति ?

ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत याेजना-१ ले साउन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

साउन मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) २६ रुपैयाँ ०१ पैसा पुगेकाे छ । उक्त मूल्य असार मसान्तकाे तुलनामा ३ रुपैयाँ ३८ पैसाले बढेकाे हाे । असार मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य २२ रुपैयाँ ६३ पैसा रहेकाे थियो ।

त्यसैगरी, साउन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी २ अर्ब ३३ करोड ६८ लाख रुपैयाँ पुगेको छ । उक्त लगानी असार मसान्तकाे तुलनामा ५६ करोड ४७ लाख १० हजार रूपैयाँले धेरै हाे । असार मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा १ अर्ब ६८ करोड २१ लाख रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै,  ग्लोबल आइएमई समुन्नत याेजना-१ ले विभिन्न प्रकारका ८० वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमा लगानी गरेको छ । 

फण्डले सार्वजनिक गरेकाे साउन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

612ddb99961e1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको