ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत याेजना-१ ले माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।
माघ मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १३ रुपैयाँ १९ पैसामा सिमित रहेकाे छ । उक्त मूल्य पाैष मसान्तकाे तुलनामा ४८ पैसाले घटेकाे हाे । पाैष मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १३ रुपैयाँ ६७ पैसा रहेकाे थियो ।
त्यसैगरी, माघ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी १ अर्ब १० करोड ४७ लाख रुपैयाँ पुगेको छ । उक्त लगानी पाैष मसान्तकाे तुलनामा ९ करोड ९४ लाख ८० हजार रूपैयाँले थाेरै हाे । पाैष मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा १ अर्ब २० करोड ४२ लाख रूपैयाँ लगानी गरेकाे थियाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस