नेपाल स्टक एक्सचेञ्जमा ग्लोबल आइएमई समुन्नत योजना १ काे ईकाई मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । याेजनाले बम्पर लाभांश घाेषणा गरेपछि यस याेजनामा लगानीकर्ताकाे आकर्षण बढेकाे हाे ।
यस याेजनकाे ईकाई मूल्य १० प्रतिशतले बढेर प्रतिईकाई २१ रूपैयाँ ६७ पैसा पुगेकाे छ ।
ग्लोबल आईएमई बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे ग्लोबल आईएमई क्यापिटल अन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना १ ले आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट इकाईधनीहरूलाई करसहित १०० प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।
साेमबार यस समाचार तयार पार्दासम्म नेप्से परिसूचक २४.९३ अंकले घटेर २६३७.६३ विन्दुमा झरेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस