Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आईएमई समुन्नत योजना-१ को न्याभ कति ?

अर्थ संसार

मंगलबार, १५ असार २०७८, ०९ : १९ मा प्रकाशित

ग्लोबल आईएमई समुन्नत योजना-१ को न्याभ कति ?

ग्लोबल आईएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आईएमई समुन्नत योजना-१ ले जेठ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

जेठ मसान्तसम्ममा आइपुग्दा योजनाले प्रतिइकाई खुद सम्पत्तिको मूल्य २३ रुपैयाँ ७७ पैसा पुर्याएकाे छ । उक्त मूल्य वैशाख मसान्तकाे तुलनामा २ रुपैयाँ ६६ पैसाले धेरै हाे । वैशाख  मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य २१ रुपैयाँ ११ पैसा रहेकाे थियो ।

त्यसैगरी, जेठ मसान्तसम्ममा योजनाले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी २ अर्ब ९ करोड ५२ हजार रूपैयाँ पुगेकाे छ । उक्त लगानी वैशाख मसान्तकाे तुलनामा१५ करोड ६९ लाख ७६ हजार रुपैयाँले धेरै हाे । वैशाख मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा एक अर्ब ९३ करोड ३० लाख ७६ हजार रुपैयाँ लगानी गरेकाे थियाे ।  

त्यस्तै, ग्लोबल आईएमई समुन्नत योजना-१ ले विभिन्न प्रकारका ९२ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।

फण्डले सार्वजनिक गरेकाे जेठ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

60da9565d1476.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको