Like us!
Follow us!
Connect us!
Watch us!

टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

अर्थ संसार

मंगलबार, २६ बैशाख २०८०, १७ : १२ मा प्रकाशित

टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

नेकपा (एमाले)का सचिव एवं सांसद टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा हानेको छ । आज (मंगलबार) खुमलटार हाइटस्थित रायमाझीको घरमा जिल्ला प्रहरी परिषद् काठमाडौंको टोलीलेले छापा हानेको हो । 

नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको भन्दै रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जी जारी भएको एक हप्ता बितिसक्दा समेत उनी अहिलेसम्म पक्राउ परेका छैनन् । 

प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि अर्घाखाँची हुँदै भैरहवा आउने क्रममा उनी बाटोबाटै सम्पर्कविहीन बनेका थिए । आफै प्रहरीमा उपस्थित हुन्छु भनेर प्रहरीलाई खबर पठाएका उनी अहिलेसम्म फरार रहेका छन् । 

मंगलबार भने प्रहरीको टोलीले उनको घरमा छापा मारेको हो । रायमाझीको घरमा उनको सवारीसाधन भेटिएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी  दानबहादुर कार्कीले अर्घाखाँचीबाट निर्वाचित सांसद रायमाझीको  निवासमा खानतलासी लिइएको बताए । 

नेता रायमाझी र उनका छोरा सन्दीपविरुद्ध २० वैशाखमा वारेन्ट जारी भएको थियो । उनका छोरा सन्दीप भने पक्राउ परिसकेका छन् ।यसअघि पक्राउ परेकाहरूले उक्त ठगीमा रायमाझीलगायतका उच्च तहका नेता र कर्मचारीको संलग्नता रहेको बयान दिएका थिए । हालसम्म ८ जना पक्राउ परिसकेका छन् भने कांग्रेसका केही नेता उक्त प्रकरणमा मुछिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको