Like us!
Follow us!
Connect us!
Watch us!

रविले प्रधानमन्त्रीलाई धन्यवाद दिँदै भने– यो शिलशिला नरोकियोस्, कुनै हालतमा नरोकियोस्

अर्थ संसार

बुधबार, २७ बैशाख २०८०, ११ : ०६ मा प्रकाशित

रविले प्रधानमन्त्रीलाई धन्यवाद दिँदै भने– यो शिलशिला नरोकियोस्, कुनै हालतमा नरोकियोस्

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई तिव्रता दिएको भन्दै रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई धन्यवाद ज्ञापन गरेका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुक मार्फत् प्रधानमन्त्रीलाई धन्यवाद दिँदै यो शिलशिला नरोकियोस् भनेर लेखेका हुन् । 

उनले नेपाली प्रहरी, गृहमन्त्रीलाई समेत उक्त प्रकरणको अनुसन्धानलाई तिव्रता दिएकोमा धन्यवाद दिएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यु, धन्यवाद प्रधानमन्त्री ज्यु। यो शिलशिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।’-File Photo
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको