Like us!
Follow us!
Connect us!
Watch us!

पूँजी बजार फोरमको सभापतिमा शैलेन्द्र गुरागाई चयन

अर्थ संसार

विहीबार, २८ बैशाख २०८०, १२ : ०३ मा प्रकाशित

पूँजी बजार फोरमको सभापतिमा शैलेन्द्र गुरागाई चयन

नेपाल उद्योग बाणिज्य महासंघको पूँजी बजार फोरमको सभापतिमा शैलेन्द्र गुरागाई चयन भएका छन् । फोरमको सभापतिमा गुरागाईलाई महासंघको विधानको दफा ३८(ग) बमोजिम चयन गरिएको महासंघले जानकारी दिएको हो । गुरागाई स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान) का पूर्व अध्यक्ष हुन ।

महासंघको बैशाख ३ गते बसेको पहिलो कार्यकारिणी समितिको बैठकले अध्यक्षलाई अख्तियारी प्रदान गरे अनुसार अध्यक्ष चन्द्रप्रसाद ढकालले अनुसार विधानको दफा ३८(ग) बमोजिम समापतिमा गुरागाईलाई चयन गरेका हुन् ।
 गुरागाईलाई महासंघको छवि र प्रतिष्ठालाई अझ बढि शशक्त रुपमा अगाडी बढाउन संघको तर्फबाट अनुरोध गरिएको छ ।

यो फोरममा सभापति सहित १४ जनाको प्रतिनिधित्व रहने व्यवस्था छ । गुरागाईको सभापतित्वमा अन्य सदस्यहरू समेत चयन हुनेछन् । फोरमले प्रभावकारी रुपमा कार्य गर्ने अपेक्षा सहित फोरमले गरेको कार्यप्रगति अर्थ वार्षिक रुपमा पुनरावलोकन गरी मूल्यांकन गर्ने व्यवस्था रहेको महासंघले जानकारी दिएको छ । गुरागाईभन्दा पहिला पूँजी बजार फोरमको सभापतिमा अम्बिका प्रसाद पौडेल रहेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको