मुलुक अहिले निकै जटिल अवस्थामा छ । मुलुकको व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका तीनवटै स्वतन्त्र निकाय ‘फंगसनलेस’ भएको छ । उक्त निकायहरुमा ठूला राजनीतिक दलहरुले आफ्नो बर्चस्व कायम राखेका छन् । गणतन्त्र आएको दशकौँ वितिसक्दापनि जनताले गणतन्त्रको आभाष समेत गर्न सकेको छैन् । राज्यका नेतृत्वकर्ताहरु नै गलत काम कारवाहीमा लिप्त देखिएका छन् । उनीहरु राज्य भन्दा पनि आफू केन्द्रित रहेर विदेशी सामू झुक्ने र विदेशी अुनसार नियम निति ल्याउने काम गरिरहेको जगजाहेर छ । के नेतृत्वकर्ताहरुले गणतन्त्रको बाटो बिर्सेको हो त? भन्ने प्रश्न उठ्न थालेको छ ।
गणतन्त्र त जनताका लागि भन्दा पनि नेताहरुका लागि मात्र आएको भाण भइरहेको जनताहरुले जुनासो गरिरहेका छन् । इमान्दार गणतन्त्रका नायक भनिनेहरु नै एक पछि अर्को काण्डमा मुछिँदै गएका छन् । उनीहरु एक अर्काको पोल खोला खोल गर्ने तगारोमा पुगिसकेका छन् । पछिल्लो समय मुलुकमा पूर्व गृहमन्त्री लगायत अन्य ठूला दलका नेताहरुको नाम नक्कली भूटानी शरणार्थी काण्डमा मुछिँदै जाँदा सत्ता पक्ष र विपक्ष राज्यलाई सघाउनु भन्दा पनि एक अर्कालाई दोषि ठहराउँदै गएको देखिन्छ । अहिलेको अवस्था सम्म आउँदा राज्य पक्ष नै दोषी र न्याय दिने निकाय देखियो । अब न्यान दिने भनेको राज्य पक्षमाथि लागेको आरोपमा सघाउनु हो । के गर्छन् त राज्य पक्ष, ठूलो भूमरीमा राज्य पक्ष नै फसेको देखियो ।
उक्त काण्डमा नेकपा एमालेका सचिव टोप बहादूर रायमाझिको नाम आएसँगै एमाले अध्यक्षले आक्रामक शैलीमा प्रस्तुत भएका छन् । पार्टीले उनलाई निलम्बित समेत गरिसकेको छ । ओलीले बिहिबार केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै भने, ‘सम्भवत म चार गते पार्लियामेन्टमा बोल्छु। चार गते मैले संसदमा बोल्ने बेलासम्ममा कुन शरणर्थीका नाममा कहाँको को मान्छे नक्कली शरणार्थी बनाएर पठाइयो? कसले पठायो? को संलग्न छ समेतको मैले तथ्य प्रस्तुत गर्ने कोशिस गर्छु।’ उनले यो काण्डमात्र किन अन्य सबै काण्डमा सीआइबिले चासो देखाएर प्रक्रिया अगाडी बढाउन अग्रह गरे ।
उता सत्ता पक्षलाई समर्थन गरेको संसदको ठूलो दल नेपाली कांग्रेसका तर्फबाट गृहमन्त्री बनिसकेका बाल कृष्ण खाँणलाई प्रहरीले हिरासतमा राखेको छ । पार्टीले उनलाई कारवाही गर्नुअघि अदालतको फैसला कुरिरहेको बिहिबार बसेको बैठकले निश्कर्ष निकाल्यो । अब ठूला दलले के गर्लान्? अबको बाटो के ? भन्ने सम्पूर्ण जनमानसमा चासोको विषय बनेको छ । के यो काण्ड सामसुम गरेर यत्तिकै टुङ्गयाउने त होइन् की प्रक्रिया अघि बढाइने हो ।
उक्त काण्डबाट यदी दोषी कारवाहीमा परे प्रचण्ड नेतृत्वको सरकारले बाहबाही कमाउने सक्ने छ । तर, यस विषयमा तत्कालै भन्न नसकिने अवस्था छ । यदी प्रचण्ड नेतृत्वको सरकारले उक्त काण्डलाई निष्पक्ष ढंगले अगाडी बढए प्रचण्डको ‘हाईट’ बढ्ने आँकलन समेत भइरहेको छ । तर, प्रचण्ड त अहिले समर्थन प्राप्त सरकारको नेतृत्व गरिरहेका छन् । के उनले सबैको साथ लिएर अघि बढ्छन् कि उनले एक्सन लिन्छन् । हर्न बाँकी छ ।
यदी उक्त प्रक्रिया अघि बढे कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने समेत आँकलन भइरहेको छ । प्रचण्ड स्वयम आफू पनि चोखो नरहेको देखा परिसकेको छ । उनलाई समेत शान्ति प्रक्रिया, नागरिकता विवाद र अयोग्य लडाकूलाई दुई दुई लाख दिने निर्णयले विवादमा तानेको छ । यसो हेर्दा गण्तन्त्रका नाइकेहरु नै भ्रष्टाचारमा लिप्त छन् । निष्पक्ष ढंगबाट कारवाही भए सम्पूर्ण नेता र उनका आसेपासेहरु सबै जेल जान सक्ने आवस्था छ । गण्तन्त्र गिजोलियो भन्ने यस्ले प्रष्ट पारेको छ ।
यी सब विषयले गण्तन्त्र माथि नै खतरा औलिएको देखिन्छ । प्रचण्ड प्रधानमन्त्री बनिसक्दा पनि उनले विदेश भ्रमण सुरु गरेका छैनन् । उनले आफ्नो पहिलो विदेश यात्रा भारत नै तय गरेका छन् । तर, भारतले भने उनलाई त्यति महत्व दिएको छैन् । उनलाई निम्तो समेत नदिएको अवस्था छ । तर, उनी अझैँ आशावादी छन् कि भारतले उनलाई बोलाउँछन् । के भारतले समेत उनलाई र उनको सरकारलाई न रुचाएको हो त? भन्ने विश्लेषकहरुले तर्क गर्न थालेका छन् ।
उता भने पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियता भने निकै बढेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेसँगै नयाँ तरंग सिर्जना भएको छ । नेपालमा हिन्दूराष्ट्र र राजसंस्थाको पुनस्र्थापनाको विषयमा बोल्दै आएका योगीसँगको भेटले नेपाली राजनीतिमा आशंका सिर्जना गरेको छ । एक हप्ताअघि नै उनी लखनउ पुगेका थिए ।
पूर्वराजा शाह र मुख्यमन्त्री आदित्यनाथबीचको भेटको विषयमा शाहका संवाद सचिव फणिराज पाठकले विज्ञप्ति निकालेका छन् । छलफल समसामयिक विषयमा केन्द्रित रहेको उल्लेख छ । पछिल्लो समय शाहका भारत भ्रमण बाक्लै हुन थालेको छ । योगी आदित्यनाथले खुला रूपमा नेपालका विषयमा धारणा राखेका कारण पनि यी दुईबीचको भेटमा राजनीतिक गन्ध देखिन्छ । उनी केही समयअघि पूर्वमा लामै समय बसे ।
झापाको दमकस्थित आफ्नै निवासमा बसेर भेटघाट बाक्लो बनाए । राजसंस्थाले देशको अभिभावकत्व निर्वाह गर्नुपर्ने विचार शाहले राख्ने गरेको उनीसँग भेटघाट गर्नेकुरा बताउँछन् । गत फागुन १ मा त दुर्गा प्रसाईको आयोजनामा भएको कार्यक्रममा पूर्वराजा शाह सपरिवार पुगे । २० चैतमा सुनसरीमा उनलाई अभिनन्दन गरियो । झापा बसाइका क्रममा पनि उनी भारत गएका थिए । त्योबेलाको भारत भ्रमणको विषयमा भने कुनै कुरा सार्वजनिक भएन । राष्ट्रिय प्रजातन्त्र पार्टीले त शाहलाई राजनीतिमा ठाउँ दिनुपर्ने बताएको छ ।
नेपालमा शाहवंशले २४० वर्ष शासन गरेको थियो । २०६३-६३ को जनआन्दोलनबाट पुनस्र्थापना भएको संसद्ले गणतन्त्र घोषणा गरेपछि ज्ञानेन्द्र शाहले गद्दीत्याग गरे । उनी शाहवंशका अन्तिम राजा हुन् । उसो त यसअघि पनि नेपालमा दुईपटक राजाले गद्दी त्याग गरेको घटना छ । रणबहादुर शाहले रानी कान्तवतीको जिद्दीका कारण १७ महिनामै छोरालाई राजगद्दी दिएर पशुपतिको धर्मशिला छोएर गद्दीत्यागको धरपत्र गरेको इतिहासकार ज्ञानमणिले ‘नेपालको महाभारत’मा उल्लेख गरेका छन् । राजेन्द्रविक्रम शाहले पनि राजा गद्दी त्याग गरेर कासी गएका थिए ।
गणतन्त्र घोषणापछि पत्रकार सम्मेलन गरेरै गद्दी त्यागेका ज्ञानेन्द्र शाह पछिल्लो सयम सक्रिय देखिन थालेका छन् । उनी नेपालको अस्थिरतामा कतै व्यवस्था परिवर्तन गर्न पो सकिन्छ कि भनेर दौडधुप गरिरहेको हुन सक्ने विश्लेषण भइरहेको छ । के गण्तन्त्रले मुलुकलाई निकाश दिन नसकेको कारणले भारतले पनि पूर्व राजालाई नै रुचाएका हुन त? भन्दै विश्लेषण हुन थालेका छ । के मुलुकलाई जोगाउन संवैधानिक राजसंस्था अपरिहार्य हो त? यसो हेर्दा गणतन्त्रका नायकहरुले पछिल्लो समय नेपालको ढुकटी र राज्यको दुरुपयोग नै गरिरहेको छ । यस्तो अवस्थामा मुलुक नै नरह्ने देखिन्छ । यहाँ विदेशीको इसारामा नेतृत्वकर्ता कदम चालिरहेको कारण र आफ्नो राज्यलाई केन्द्रमा राखेर भन्दा पनि आफ्नो निहीत काम गरिरहेको कारण जनता हैरान भइसकेको अवस्था छ । यसले मुलुकमा राजसंस्था स्वतः आउने संकेत गरिरहेको देखिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस