Like us!
Follow us!
Connect us!
Watch us!

दाेश्राे बजारमा साढे ४ अर्बको लगानी थपिँदै

अर्थ संसार

शनिबार, ०६ जेठ २०८०, १९ : १५ मा प्रकाशित

दाेश्राे बजारमा साढे ४ अर्बको लगानी थपिँदै

बजारमा छिट्टै नै लगभग साढे ४ अर्ब रकम भित्रिने भएको छ । म्युचुअल फण्ड मार्फत् यो रकम बजारमा भित्रिने भएको हो ।

यतिबेला ४ वटा म्युचुअल फण्डहरूले सर्वसाधारणलाई इकाई निष्कासन गरी बिक्री तथा बाँडफाँड गरिसकेका छन् । अब उक्त इकाई निकट भविष्यमै दोश्रो बजारमा सूचिकृत हुनेछ । उक्त फण्डहरू बजारमा सूचिकृत हुँदा ४ अर्ब ४० करोड बराबरको रकम दोश्रो बजारमा थपिन्छ ।

आरविवि म्युचुअल फण्डको आकार १ अर्ब २० करोड रूपैयाँ, प्रभु स्मार्ट फण्डले पहिलो चरणमा निष्कासन गरेको ८० करोड र अब निष्कासन हुने २० करोड गरी १ अर्ब, सिटिजन्स सुपर ३० म्युचुअल फण्डको आकार १ अर्ब र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ को आकार १ अर्ब २० करोड रूपैयाँ गरी कुल आकार ४ अर्ब ४० करोड रूपैयाँ बराबरको भएको हो ।

दोश्रो बजारमा भित्रिएको रकमको कुरा गर्नुपर्दा गत ६ महिनामा मंसिर यता दोश्रो बजारमा म्युचुअल फण्डमार्फत् लगभग ३ अर्ब रकम भित्रिएको छ । मंसिरदेखि हालसम्मको अवधिमा नेपाल स्टक एक्सचेञ्जमा ३ वटा म्युचुअल फण्ड सूचिकृत भएका छन् । ती ३ वटा म्युचुअल फण्ड दोश्रो बजारमा सूचिकृत हुँदा २ अर्ब ९९ करोड २५ लाख ३२ हजार ६ सय रूपैयाँ पनि सँगसँगै भित्रिएको छ ।

पछिल्लो ६ महिनामा एलआईबीएल ग्रोथ फण्डको आकार १ अर्ब ३२ करोड, सानीमा ग्रोथ फण्डको आकार ६७ करोड २५ लाख ३२ हजार ६ सय र सनराइज फोकस्ड इक्विटी फण्डको आकार १ अर्ब गर्दा कुल २ अर्ब ९९ करोड २५ लाख ३२ हजार ६ सय रूपैयाँ बराबरको रकम दोश्रो बजारमा भित्रिएको छ ।

सामान्यतय म्युचुअल फण्डहरूलाई संस्थागत लगानीकर्ताको रूपमा परिभाषित गर्न सकिन्छ । म्युचुअल फण्ड एक प्रकारको लगानी योजना हो जसले बचतकर्ताहरुबाट रकम संकलन गरी सेयर, बण्ड, सरकारी ऋणपत्रलगायतका विभिन्न धितोपत्र औजारहरुमा लगानी गर्दछ । म्युचुअल फन्डहरू बजारबाट सानोसानो रकम संकलन गरी विभिन्न प्रकारका लगानी उपकरणमा लगानी गरेर लगानीकर्ताको सम्पत्ति बढाउने उद्देश्यसहित स्थापित भएका हुन्छन् ।

हरेक म्युचुअल फण्डले इकाई बिक्रीबाट संकलित रकम धितोपत्र बजारमा लगानी गरी दक्ष लगानी सेवाद्धारा योजनाका लगानीकर्तालाई उचित प्रतिफल दिने साथ साथै एक संस्थागत लगानीकर्ताको हैसियतबाट बजारको दिगो विकासमा सघाउ पुर्याउने उद्देश्य राख्दछन् ।

म्युचुअल फण्डहरूले सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ३४ र १६ मा भएको व्यवस्था बमोजिम लगानीको सीमा पालना विभिन्न उपकरणहरूमा लगानी गर्दछन् । त्यसमा पनि दोश्रो बजारको लगानी उनीहरूको प्राथमिकतामा पर्दछ ।

यसरी हेर्दा दोश्रो बजारमा म्युचुअल फण्डहरू सूचिकृत हुँदा लगानी गरिने रकम थपिन्छ र बजार सुधारका लागि मद्दत पुग्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको