नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि यसपटक १४ जनाले दाबी गरेका छन्। प्राधिकरणको अध्यक्ष चयन गर्न गठित छनोट समितिले सात दिनअघि सूचना जारी गरेको थियो, जसको अन्तिम दिनसम्म १४ जनाको दरखास्त दर्ता भएको हो।
सिफारिस समितिको २०८२ भदौ १३ गतेको निर्णयअनुसार अध्यक्ष नियुक्तिका लागि दरखास्त आव्हान गरिएको थियो। सोही निर्णयअनुसार सात दिनको अवधिभित्र विभिन्न क्षेत्रका विज्ञहरू सहित १४ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
अर्थ मन्त्रालयका अनुसार अध्यक्ष पदका लागि आवेदन दिनेमा प्रा.डा. दिपक बहादुर भण्डारी, डा. राजेन्द्र पण्डित, घनश्याम बुढाथोकी, विक्रान्त पाण्डे, पारस काफ्ले, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, चिन्तामणी शिवाकोटी, ज्ञानेन्द्र अधिकारी, देव कुमार ढकाल, यज्ञ प्रसाद न्यौपाने, रमेश कुमार भट्टराई र महेश्वर न्यौपाने रहेका छन्।
गत वर्ष जब बीमा प्राधिकरणको अध्यक्ष पदका लागि दरखास्त मागिएको थियो, त्यतिबेला १२ जनाले आवेदन दिएका थिए। यसपटक भने उम्मेदवारको संख्या बढेर १४ पुगेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस