Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता, सुनुवाइ मिति पनि तोकियो

अर्थ संसार

बुधबार, १० जेठ २०८०, १६ : ३९ मा प्रकाशित

रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता, सुनुवाइ मिति पनि तोकियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद खारेजीको मागसहितको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । युवराज पौडेल(सफल)ले लामिछानेको संसद सदस्यता खारेज गरिपाउँ भनेर दिएको रिट निवेदन आज (बुधबार) दर्ता भएको हो । 

उक्त रिट निवेदनको पेसी जेठ १७ गते तोकिएको छ । सफलको रिटलाई गत वैशाख २८ गते सर्वोच्चले दरपीठ गरेको थियो । दरपीठविरुद्ध निवेदन दर्ता गराएपछि हिजो न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले रिट दर्ताको आदेश दिएको थियो । आज सर्वोच्चले निर्वाचन आयोगलाई विपक्षी बनाउँदै १७ गतेका लागि सुनुवाई तोकेको हो ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको