Like us!
Follow us!
Connect us!
Watch us!

मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ भन्दै रविले भने, 'घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ'

अर्थ संसार

विहीबार, ११ जेठ २०८०, ११ : १३ मा प्रकाशित

मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ भन्दै रविले भने, 'घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ'

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद खारेजीको मागसहितको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएपछि रविले सामाजिक सञ्जालमा एक स्टाटस पाेष्ट गरेका छन् । युवराज पौडेल (सफल) ले लामिछानेको संसद सदस्यता खारेज गरिपाउँ भनेर दिएको रिट निवेदन हिजाे (बुधबार) सर्वाेच्चमा दर्ता भएको थियाे । 

आफु विरूद्ध फेरि मुद्दा परेपछि आक्रोसित हुँदै रविले फेसबूकमा स्टाटस पोष्ट गरेका छन् । 

उनकाे स्टाटस जस्ताकाे त्यस्तै :

मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।

१) सर्वोच्च अदालतको मिती २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य confirm गरेको छ।

२) अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।

३) अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं।

४) घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको