नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीको रिहाईलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् । आज (सोमबार) आयोजित पार्टीको कार्यक्रलाई सम्बोधन गर्दै उनले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनले सरकार कानुनभन्दा बाहिर गएको टिप्पणी समेत गरे । चौधरीको निर्णयमा सरकारले मन लाग्दी गरेको उनको आरोप छ । ‘नेपालको कानुनले कुनै पनि विषयमा अदालतले फैसला गरिसकेपछि अदालतको अन्तिम फैसलाको सन्दर्भमा सजाय मिनाहा हुन्छ कि हुँदैन भनेर कानुनले बन्दोबस्त गरेको छ । त्यो कानुनको बन्दोबस्त भन्दा बाहिर कोही पनि जान पाइँदैन । आज सरकारलाई मन लाग्यो सरकारले निर्णय गर्दियो । राष्ट्रपतिले सजाय मिनाहा गर्दिनु भयो । यो राजाको शासन होइन, यहाँ हुकुम चल्दैन, यो गणतन्त्र हो,’– महामन्त्री थापाले भने ।
सरकार चलाउन गाह्रो हुँदा कसैलाई पनि कानुन मिच्ने र बलमिच्याईँ गर्ने छुट नरहेको उनले बताए । सरकारले बल मिच्याईँ गरेर, दादागिरी देखाएर अदातलको निर्णयलाई समेत अवहेलना गारेको उनको आरोप छ ।-File Photo
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस