Like us!
Follow us!
Connect us!
Watch us!

छ्याङ्दी हाइड्रोपावरले १५० प्रतिशत हकप्रद निष्कासन गर्ने

अर्थ संसार

आइतबार, १४ फागुन २०७९, १० : ३० मा प्रकाशित

छ्याङ्दी हाइड्रोपावरले १५० प्रतिशत हकप्रद निष्कासन गर्ने

छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएकाे छ ।

यसअघि कम्पनीकाे गत असाेज १८ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ ले भएको बन्दाबन्दी तथा बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप लगायतका कारणहरुले गर्दा यस कम्पनीले निर्माण सम्पन्न गर्न लागेको माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजना (४ मे वा) को लागतमा केहि वृद्वी भएकाले यस आयोजना निर्माण सम्पन्न गर्नको लागि आवश्यक रकम दीर्घकालिन ऋण यसै आयोजनामा लगानी गरीरहेका बैंक अफ काठमाण्डु लिमिटेड र कुमारी बैंक लिमिटेड समक्ष माग गर्ने र उक्त दीर्घकालिन ऋण प्रस्तावित हकप्रद सेयर जारी गरी भूक्तानी गर्ने गरी कम्पनीको तत्काल चुक्ता पूँजीको ४० प्रतिशत (३० प्रतिशत हकप्रद शेयर वितरण पश्चात) हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोग समक्ष स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय गरेकाे थियाे ।

तर फेरि कम्पनीकाे फागुन १२ गते, बसेकाे सञ्चालक समितिकाे बैठकले साे ४० प्रतिशत हकप्रद रद्ध गरि १५० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेकाे उक्त हकप्रद नियमनकारी निकाय विद्युत नियमन आयोगबाट स्विकृत गरेपछि सेबाेनमा निवेदन दिएर त्यहाँबाट अनुमति पाएपछि मात्रै निष्कासन गर्नेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

63fae43311060.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको