Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री प्रचण्डलाई भीम रावलको प्रश्न– अब पशुपतिनाथको दर्शन गर्न पनि विदेशीकै इसारा पर्खिनु पर्ने?

अर्थ संसार

आइतबार, २८ जेठ २०८०, १२ : २६ मा प्रकाशित

प्रधानमन्त्री प्रचण्डलाई भीम रावलको प्रश्न– अब पशुपतिनाथको दर्शन गर्न पनि विदेशीकै इसारा पर्खिनु पर्ने?

नेकपा (एमाले)का नेता डा. भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतको इसारामा पशुपतिनाथको दर्शन गरेको बताएका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् बताएका हुन् । 

भारतको औपचारिक भ्रमणका बेला प्रधानमन्त्री प्रचण्डले उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पुजा आरधना गरेपछि उनको आलोचना भएको थियो । यसका साथै प्रधानमन्त्री प्रचण्डले शनिबार पशुपतिनाथको दर्शन गरेका थिए । उक्त विषयले निकै चर्चा पाएको छ । उनी निकै आलोचित पनि बन्दै गएका छन् । 

प्रमं प्रचण्डले मन्त्रीहरू सहित पशुपतिनाथको दर्शन गर्नुभएछ । यस्तो चिन्तन उहाँमा २०५२ साल तिर आएको भए राष्ट्रिय राजनीतिको स्वरूप कस्तो हुन्थ्यो होला ? प्रमंले प्रचण्डले भारतको इन्दौरमा गेरू बस्त्र लगाई पूजा गरेपछि भारतीय प्रमंले प्रचण्डलाई अध्यात्मिक अनुभूति र पशुपतिनाथको सम्झना हुने भन्नुभएको थियो!? अब पशुपतिनाथको दर्शन गर्न पनि विदेशीकै इसारा पर्खिनु पर्ने?! उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको