Like us!
Follow us!
Connect us!
Watch us!

अघिल्लो बुलमा ८० रूपैयाँबाट ११ सय नाघेको रिडीको मूल्य अहिले २ सयको लाइनमा, ईतिहास दोहोरिएला ?

अर्थ संसार

सोमबार, २९ जेठ २०८०, १८ : ०५ मा प्रकाशित

अघिल्लो बुलमा ८० रूपैयाँबाट ११ सय नाघेको रिडीको मूल्य अहिले २ सयको लाइनमा, ईतिहास दोहोरिएला ?

अघिल्लो बुलमा प्रतिकित्ता ८० रूपैयाँबाट प्रतिकित्ता १११८ रूपैयाँसम्म पुग्न सफल भएको स्टक हो रिडी पावर कम्पनी लिमिटेड । सन् २०२० अगस्टमा ८० रूपैयाँ रहेको कम्पनीको सेयरमूल्य सन् २०२१ अगस्ट २४ तारिखका दिन १११८ सम्म पुगेको थियो । त्यतिबेला बजार बुलमा थियो । बजार ३ हजार माथि हुँदा ११ सय नाघेको कम्पनीको मूल्य अहिले बजार घट्दा २ सयको लाइनमा छ । आज जेठ २९ गते, सोमबारको अन्तिम कारोबार मूल्य अनुसार कम्पनीको सेयरमूल्य प्रतिकित्ता २ सय ८० रूपैयाँ रहेको छ । 

हाइड्रोपावरप्रति लगानीकर्ताहरू आकर्षित हुने गर्दछन् । अघिल्लो बुलमा पनि हाइड्रो सेक्टरमा चार्म देखिएको थियो । दिर्घकालिन रुपमा हाइड्रो कम्पनीमा लगानी गर्न रूची नबढेपनि अल्पकालिन कारोबारीहरुका लागि भने यो सेक्टर सधैँ रोजाइमा पर्ने गर्दछ ।

हाइड्रोमा पनि रिडी पावर लगानीकर्ताको रोजाईमा पर्ने कम्पनी हो ।  रिडी पावर बलियो कम्पनी मानिन्छ । जलविद्युत कम्पनीहरुको अधिकांश आम्दानी ऋणको किस्ता र ब्याज तिर्न खर्च हुन्छ । त्यो अवस्था रिडीलाई भने छैन । यस कम्पनीले सबै बैंक तथा वित्तीय संस्थाको ऋण चुक्ता गरिसकेको छ । कम्पनीको आम्दानी सञ्चालन खर्चबाहेक सबै आम्दानीमा नै समावेश हुन्छ ।

रिडी हाइड्रोपावरले रैराङ हाइड्रोपावरलाई एक्वायर गरेर गत असार ३१ गतेबाट एकीकृत कारोबार सुरु भएको थियाे । दुवै कम्पनी एक भएपछि रिडी पावरको नामबाट एकीकृत कारोबार सुरु भएको हाे । रिडीले रैराङलाई १ः०.९३ सेयर स्वाप रेसियोमा एक्वायर गरेको हो । यही प्रयाेजनका लागि दाेश्राे बजारमा कम्पनीकाे काराेबार धेरै समयसम्म राेक्का पनि रहेकाे थियाे ।

रिडीले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ८.५ मेगावाट क्षमताको बुटवल सौर्य विद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ कात्तिक १५ गतेदेखि व्यवसायिक उत्पादन गरिरहेको छ । कम्पनीले यस आयोजनाबाट पनि राम्रो आम्दानी गरेको छ । सोलार परियोजना सञ्चालन गर्न कम्पनीलाई अतिरिक्त खर्च हुने छैन । सोलार आयोजनाबाट २०-२५ वर्षसम्म न्युन मर्मत संभार खर्चमा विद्युत उत्पादन भइरहनेछ ।

रिडी हाइड्रोपावर जलविद्युत तथा ऊर्जाका अन्य आयोजनाहरु विकास, निर्माण र सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको कम्पनी हो । यस कम्पनीले गुल्मी तथा पाल्पा जिल्लाको सीमाना भई बहने रिडी खोलाको पानी उपयोग गरी २.४ मेगावाट क्षमताको रिडीखोला जलविद्युत आयोजना निर्माण गरि सञ्चालन गरिरहेको छ ।

कम्पनीले नियमित रूपमा आफ्ना लगानीकर्ताहरूलाई राम्रै लाभांश वितरण गर्दै आईरहेको छ । कम्पनीले निकट भविष्यमानै ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्दैछ । कम्पनीले २० मेगावाट क्षमताको तल्लो बलेफिखोला जलविद्युत आयोजना निर्माणका लागि स्वःपुँजी व्यवस्थापन गर्न १ः०.५ को अनुपातमा ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्न असार ८ गते विशेष साधारण सभा गर्दैछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण नियाल्दा कम्पनीको नाफा १ करोड ९६ लाख रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ७ करोड ३५ लाख रुपैयाँबाट बढेर १८ करोड ४१ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा रिडी पावरको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ । रिडी पावरको जगेडा कोषमा ५० करोड २५ लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५६ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ४३ पैसा छ । 

प्राविधिक रुपमा हेर्दा कस्तो देखिन्छ रिडी ?

रिडी पावरको सोमबारको दिन २८० रुपैयाँमा क्लोज भयो। मूल्यको प्याटर्न हेर्दा यो कम्पनीमा हाईयर लो र हाईयर हाई बन्दै गरेको देखिन्छ। १५ मे को दिन २५० रुपैयाँसम्म मूल्य झरेको थियो। २४ मे मा २८५ रुपैयाँसम्म पुग्यो। ३१ मे मा २५३ रुपैयाँसम्म झरेको मूल्य १२ जुनको दिन २८८ सम्म पुगेको देखिन्छ। यसरी रिडी पावरको मूल्य अपट्रेण्डमा जाँदै गरेको स्पष्ट देखिएको छ। क्लोजिंग बेसीसमा २९० माथि बस्न सकेको खण्डमा सेयरमूल्य बढ्नसक्ने देखिएको छ। पहिलो टार्गेटको रुपमा ३३० रुपैयाँ राख्न सकिनेछ। मूल्य २७५ भन्दा तल लाग्न थालेको खण्डमा प्याटर्न कमजोर बन्ने देखिन्छ। पछिल्लो समय बढ्दै गएको भोलुमले मूल्य बढ्ने सम्भावना बढी देखिएको छ।

नोट : हामीले कम्पनीको समग्र अवस्था हेरेर विश्लेषण गर्ने हो यो कम्पनीको सेयरमा लगानी गर्ने वा नगर्ने भन्ने विषयमा नितान्तरुपमा लगानीकर्ताहरुको स्वविवेकमा र्निभर रहन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको