असोज १८ गते देखि अविरल रुपमा परेको बर्षाका कारण भएको क्षतिको माग दाबी पर्न थालेको छ । निर्जीवन बीमा कम्पनीहरुमो हालसम्मा उक्त बाढी पहिरोबाट भएको क्षतिको ३ अर्ब २६ करोड ७६ लाख रुपैयाँ दाबी परेको हो ।
नेपाल बीमा प्राधिकराणले सार्वजनिक गरेको विवरण अनुसार विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ७०४ वटा बीमा दाबीको उक्त रमको दाबी परेको हो । दाबीमध्ये सबै भन्दा धेरै सम्पत्ति बीमाको ३६४ वटा दाबी परेका छन् । उक्त दाबी बापत बीमा कम्पनीहरुले २ अर्ब ७९ करोड ६९ लाख रुपैयाँ भुक्तानी गर्नु पर्ने देखिन्छ । त्यस्तै बाढीबाट भएको क्षतिमा इन्जिनियरिङ्ग तथा टेकेदार जोमिका ८७ वटा दाबीको ४८ करोड ४ लाख रुपैयाँ दाबी परेको छ ।
त्यस्तै कृषि तथा बालि बीममा २०९ वटा दाबी परेका छन् । उक्त दाबीको ४ करोड ३२ लाख रुपैयाँ दाबी परहेको छ । त्यसतै निजी मोटर बीमाको ३३ वटा दाबीको २ करोड ५३ लाख, सार्वजनिक तर्फ ९ वटा दाबीको १ करोड ५ लाख रुपैयाँ दाबी परेको छ । त्यस्तै अन्य शीर्षकको बीमामा २ वटा दाबी परेको छ । उक्त दाबीको १२ लाख रुपैयाँ दाबी परेको छ ।
निर्जीवन बीमाको पोर्टफोलियो अनुसारको दाबीको विद्यमान अवस्था
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस