Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं महानगरद्वारा दुई वटा अस्पताल ‘सिल’

अर्थ संसार

सोमबार, २९ जेठ २०८०, १७ : ४३ मा प्रकाशित

काठमाडौं महानगरद्वारा दुई वटा अस्पताल ‘सिल’

काठमाडौं महानगरले दर्ता नवीकरण नगरी सञ्चालन भइरहेका दुई वटा अस्पताल ‘सिल’ गरेको छ । आज (सोमबार) महागरको स्वास्थ्य संस्था अनुगमन टोलीले दर्ता नवीकरण नगरी सञ्चालन भइरहेका दुई वटा अस्पताल ‘सिल’ गरेको हो ।

टोलीले बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र कोटेश्वरस्थित हाम्रो सहयात्री अस्पताल ‘सिल’ गरेको छ । ती दुवै अस्पताल लामो समयदेखि दर्ता नवीकरण नगरी सञ्चालनमा रहेको कारण सिल गर्नुपरेको महानगरले जनाएको छ । 

महानगरले अस्पतालहरूमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरू गरेको छ। गत जेठ १६ गते काठमाडौंका मेयर बालेन शाहले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर संघ तथा प्रदेश सरकार मातहतका अस्पतालहरूमा ७ दिनभित्र निःशुल्क उपचारको व्यवस्था मिलाउन आग्रह गरेका थिए। सोहि कार्यले आज निरन्तरता पाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको