Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरूको निक्षेप बढ्दा कर्जा प्रवाह स्थिर, अन्तर बैंक ब्याजदर ५.७४% मा झर्याे

अर्थ संसार

शुक्रबार, ०१ असार २०८०, १५ : ०७ मा प्रकाशित

बैंकहरूको निक्षेप बढ्दा कर्जा प्रवाह स्थिर, अन्तर बैंक ब्याजदर ५.७४% मा झर्याे

पछिल्लाे समय तरलतामा सुधार देखिँदै गएकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्याङ्क अनुसार अन्तर बैंक ब्याजदर ५.७४ प्रतिशतमा झर्दा सीडी रेसियो पनि घटेकाे छ ।

नेपाल राष्ट्र बैंकका अनुसार जेठ २९ गते साेमबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५५ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । जेठ २८ गते, आइतबारसम्म बैंकहरूकाे निक्षेप ५५ खर्ब ४५ अर्ब रूपैयाँ रहेकाे थियाे । एक दिनमा बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप २ अर्बले बढेकाे हाे । यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि एक अर्बले बढेर ४८ खर्ब ९४ अर्ब पुगेकाे छ ।

बैंकहरूकाे कर्जा प्रवाह भने सुस्त छ । वाणिज्य बैंकहरूको कर्जा प्रवाह ४२ खर्ब ९७ अर्ब रूपैयाँमा स्थिर रहेकाे छ । बैंक तथा वित्तीय संस्थाहरूकाे कुल कर्जा प्रवाह ४८ खर्ब ५३ अर्ब रूपैयाँ छ ।

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८४.२७ प्रतिशतबाट घटेर ८४.१९ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ । अन्तर बैंक ब्याजदर ६.१३ प्रतिशतबाट ५.७४ प्रतिशतमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको