Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँ शहरलाई सुन्दर र व्यवस्थित बनाउन बालेनको अर्को प्रयास

अर्थ संसार

शुक्रबार, ०१ असार २०८०, १५ : २० मा प्रकाशित

काठमाडौं महानगरपालिकाले आज (शुक्रबार) अर्थात् असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो, मध्यम र छोटोदुरीको सवारीसाधनहरु गोंगबुस्थित नयाँबसपार्कबाट मात्रै सञ्चालन गर्ने निर्णय लागु गरेको छ । आजबाट नयाँ बसपार्कबाहेक कुनै पनि स्थानबाट टिकट काट्न पाईने छैन् । महानगरले बसपार्क बाहिरका टिकट काउन्टर हटाइसकेको छ ।

कतिपयले भने ट्राफिकको समस्यालाई उक्त निर्णयको प्रशंसा गरिरहेका छन् । उक्त विषयमा विभिन्न व्यवसायी संघ–संगठनहरुले भने विरोध गर्दै आएको छ । सो निर्णयमा विभिन्न टिका टिप्पणीहरुपनि भयो । यसअघि पनि महानगरले गरेको निर्णयमा अडिक रहँदै आएको महानगर उक्त निर्णयमा पनि अडिक नै छ । र कार्यान्वयन समेत गरेको छ । महानगरका प्रमुख बालेन्द्र शाह उर्फ बालेनले शहरलाई सुन्दर र व्यवस्थीत बनाउने अर्को प्रयास गरेका छन् ।

आज शुक्रबार महानगरले एक सूचना जारी गर्दै उपत्यकाबाट बाहिर जानकालागि अब नयाँ बसपार्कबाटै गाडी चढ्नुपर्ने नियम लागु गरेको हो । ‘निर्णय कार्यान्वयन गर्दै अवस्थामा सुधार ल्याउन २०८० असार १ गतेदेखि नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन, नयाँ बसपार्कबाट मात्र यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न सूचित गरिन्छ,’ महानगरले जारी गरेको सूचनामा उल्लेख छ,‘धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दूरीका सवारीसाधनको हकमा कलंकीदेखि जडीबुटीसम्म सवारीसाधन रोक्न निषेध गरिएको छ ।’ 

नियम अवज्ञा गर्ने सवारीसाधन या चालकलाई ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कानुनी कारबाही हुने पनि सूचनामा उल्लेख गरिएको छ । त्यस्तै, काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कभन्दा बाहिर राखिएका सार्वजनिक यातायातका टिकट काउन्टरहरू हटाएको छ । जथाभावी राखिएका टिकट काउन्टरले शहरको सुन्दरता घटाएको, सवारी साधनको चाप बढ्दा ट्राफिक व्यवस्थापनमा पनि कठिनाइ भएको भन्दै शुक्रबार बिहान बालाजु बसपार्क क्षेत्र वरपरका टिकट काउन्टर हटाइएको हो ।

बालेनको अर्को प्रयासबारे के भन्छन्, कर्मचारी, यात्रु र चालक ?

यसै विषयलाई लिएर सर्वसाधारण, कर्मचारी, चालकलगायतले समग्रमा सकारात्मक धारणा रहेको छ । बसपार्कका कर्मचारीहरुले नीति नियम ल्याउनु राम्रो भएको बताएका छन् । उनीहरुले बसपार्क भित्रका कर्मचारी मात्र नभई सम्पुर्ण टिकट काउन्टरमा बर्षाैदेखि कामगर्दै आएका मजदुरहरुले पनि बसपार्क भित्रै काम गर्न पाउनुपर्ने माग गरेका छन् । एक कर्मचारीले भने, ‘महानगरको निर्णय सफल भएपनि नभएपनि नियमलाई स्वागत गर्नुपर्छ । नेपालको नेशनल बसपार्क भनिन्छ तर यहाँ अहिलेको अवस्थामा पश्चिमको मात्रै एकलौटी बसपार्क जस्तो बनेको छ । यो निर्णय लागु हुनु भनेको यसले सम्पुर्ण विषय समेट्ने भएकाले यो सन्दर्भ राम्रो हो तर, बिचौलिया नभइ सच्चा मजदुरलाई महानगरले ध्यानदिन आवश्यक छ ।’ 

अर्का कर्मचारीले नियम ल्याउनु उचित भएको तर यात्रुलाई सास्ति हुने बताए । बसपार्कबाट सबै गाडी छुट्ने भन्ने विषय राम्रो भएको उनले बताए । बसपार्क बाहिरका कर्मचारीलाई मर्का पर्ने उनले बताए । यस्तै, चालकहरुको बिचारमा पनि यो निर्णय उचित नै भएको बुझिन्छ । बीच बाटोमा यात्रुलाई झार्दा धेरै सामान छुट्ने साट्टिने हुँदा चालक–सहचालकहरुले गालि गालौज खानु परेको गुनासो गरे । उनीहरुले बाटोमा पार्किङ गर्न समस्या ट्राफिकको डरमा यात्रु झर्नुभन्दा बसपार्कबाटै यात्रु चढ्ने र झर्ने हुँदा सबैलाई राम्रो हुने उनीहरुको धारणा छ । सबैभन्दा पहिले नियम पालना गर्नुपर्ने दयित्व रहेको उनीहरुले बताए । 

केहि यात्रुहरुले सास्ति भएपनि नियमलाई पालना गर्नु उचित हुने धारणा राखेका छन् । नियम घोषणा मात्र नभई टिकाउ हुनुपर्ने धारणा राखे । बसपर्कमा यात्रुको लागिपनि राम्रो व्यवस्था गर्नुपर्ने धरणा राखे । महानगरको निर्णयले ट्राफिक जामको समस्या समेत कम हुने भएकाले यसलाई लागुगर्नु उकृष्ट भएको कतिपय यात्रुको भनाई छ । 

ज्ञानेन्द्र पाख्रिनले यता नयाँ बसपार्कमा सम्पुर्ण सवरी साधनहरुको व्यवस्थापनमा समस्या रहेको भन्ने विषयमा भ्रम फैलिएको स्पष्ट पारे । उनले हाल बसपार्कमा साढे ७ सय सम्मको सवारीसाधन पर्किङ गर्न सकिने र अन्य व्यवस्थाको लागिपनि विभिन्न ‘सेक्टर’ छुट्याएको जानकारी दिए । उनले सबैभन्दा पहिलो चुनौती नै यात्रुलाई बसपार्कसम्म आउने बानिपार्नु, सवारी साधनहरुले पनि बाटैबाट यात्रु चढाउने, सुरुमा सवरीसाधन धेरै हुँदा रुढहरु नमिल्न सक्ने जस्ता चुनौतीहरु रहेको र त्यो विस्तारै व्यवस्थित हुँदै जाने उनी बताउँछन् । सवारीसाधनमा दोहोरो टिकट काट्ने, टिकटमा पनि विचौलीया हटाउने र यात्रुलाई नै सहजका लागि यो नियम ल्याएको उनले जानकारी गराए । एकपछि अर्काे निर्णय गर्दै आएको महानगर आफ्नै अडानमा छ । काठमाडौं महानगरपालिकाले गरेको सबै निर्णयहरु सफल नै बनेको भन्दै चातर्फी प्रशंसा भइरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको