Like us!
Follow us!
Connect us!
Watch us!
बालेनको नजर अब सहकारी तीर

सहकारीलाई ३० दिनभित्र विवरण पेस गर्न काठमाडौं महानगरको निर्देशन, नपठाए कारवाही गरिने (सूचनासहित)

अर्थ संसार

बुधबार, १३ असार २०८०, ११ : ०८ मा प्रकाशित

सहकारीलाई ३० दिनभित्र विवरण पेस गर्न काठमाडौं महानगरको निर्देशन, नपठाए कारवाही गरिने (सूचनासहित)

काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका सम्पूर्ण सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ । महानगरपालिकाको सहकारी विभागले आज (बुधबार) एक सूचना जारी गर्दै साधारणसभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण एक महिनाभित्र बुझाउन भनेको हो ।

सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेस नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनीसमेत दिइएको छ । केही सहकारी संस्थाहरूले साधारणसभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत तोकिए बमोजिमका विवरणहरू समयमा नै पेस गर्ने गरेको नपाइएको हुँदा सूचना प्रकाशित गरिएको महानगरले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको