काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सांसदहरुमाथि शंका लागेको व्यक्त गरेका छन् । उनले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल भन्दा पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लागेको सामाजिक सञ्जालमार्फत् उल्लेख गरेका हुन्। हालै प्रधानमन्त्री दाहालले दिएको एक अभिव्यक्ति विवादमा परेको छ । उक्त अभिव्यक्तिले राजनीतिक वृत्तमा हंगामा मच्चाएको छ ।
उक्त सन्दर्भमा बालेनले सरकारमा दिल्लीको आदेश मान्ने सांसदहरुको बहुमत रहेको पनि आरोप लगाए । उनले देश भारतीय गुलामहरुले चलाईरहेको र आफूमात्र विरोधमा रहेको सुनाए । उनले अरु सबै मरेको लाश हो ? भन्दै प्रश्नसमेत गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्–
हामीलाई प्रचन्डज्यु भन्दा प्रचन्डज्युलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथी शंका लायो,
दिल्लीको आदेश मन्ने सांसदको बहुमत रहेछ सरकारमा ।
भारतीय गुलामहरुले देश चलाउदैछ, र म मात्र बिरोधमा?
र म मात्र अदालतको अबहेलनामा?
सबै जना मरेका लाशहरु हुन ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस