सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको असामयिक निधनप्रति शोक व्यक्त गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की नेतृ एवं केन्द्रीय सल्लाहकार स्वर्गीय दाहालको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो ।
साथै दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने समेत निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जारी गरेकी शोक वक्तव्यमा भनिएको छ, “संवत् २०२८ सालदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा आवद्ध रही समाज रुपान्तरणका लागि भएका सशस्त्र सङ्घर्षलगायतका आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी स्वर्गीय दाहालको निष्ठा, त्याग र सङ्घर्षमय जीवनका उदाहरणीय पक्षलाई सबैले आत्मसात गर्न सक्नु उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास नेपाल सरकारको छ ।”
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस