Like us!
Follow us!
Connect us!
Watch us!

धेरै कर तिर्ने कम्पनी सिद्धार्थ राणा, कम्पनी सूर्य नेपाल, कोको भए पुरस्कृत ? (सूचीसहित)

कृष्ण भट्टराई

विहीबार, ०२ मंसिर २०७३, १९ : ११ मा प्रकाशित

धेरै कर तिर्ने कम्पनी सिद्धार्थ राणा, कम्पनी सूर्य नेपाल, कोको भए पुरस्कृत ? (सूचीसहित)

काठमाडौं – आन्तरिक राजस्व विभागले पाँचौ राष्ट्रिय कर दिवसको अवसर पारेर गत वर्ष राज्यलाई धेरै कर तिर्ने १५ करदातालाई सम्मान गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले उत्कृष्ट करदातालाई सम्मान गरे । 

राज्यलाई कर धेरै कर तिर्नेमा संस्थातर्फ सूर्य नेपाल र व्यक्तितर्फ सिद्धार्थ शम्सेर जबणा छन् । त्यसै गरी धेरे कर तिर्ने निर्यातकर्ता कम्पनीमा डाबर नेपाल, बिशेष उद्योगमध्येमा युनिलिभर नेपाल परेका छन् । धेरै कर तिर्ने बैंक तथा वित्तीय संस्थामा नबिल बैंक, कृषि एवं पशुपन्छीजन्य उद्योगबाट ओम चाओविरो फिड इन्डस्ट्रिज र सहकारी संस्थाबाट राष्ट्रिय सहकारी बैंक परेका छन् । 

आन्तरिक राजस्व विभागले हरेक वर्ष मंसिर १ गते कर दिवस मनाउँदै आएको छ । त्यस अबसरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री महराले विभागद्वारा प्रकाशित वार्षिक प्रतिवेदन, पाँचौ राष्ट्रिय कर दिवस स्मारिका र सर्वोच्च अदालतबाट कर सम्बन्धी बिषयमा गरिएका फैसला एवं नजिरहरुको संग्रह विमोचन गरे ।


सोही अवसरमा आन्तरिक राजस्व विभागले करदाताहरुलाई सहज सेवा पु¥याउने हेतुले मंसिरदेखि सञ्चालनमा ल्याएको करदाताको वृहद सूचनासहितको मोबाइल एप्स र एसएमएस सिस्टमको पनि महराले शुभारम्भ गरे । अर्थमन्त्री महराले राजस्वमा उच्च कर सहभागिता जनाउने करदाताहरु, उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी, सेवा निवृत्त कर्मचारीहरु, विभागद्वारा आयोजित हाजिरी जवाफ, निवन्ध र कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई सम्मान गरेका थिए । 

त्यस अवसरमा अर्थमन्त्री महराले संविधान कार्यान्वयनको चरणमा रहेको बताउंदै संविधान कार्यान्वयनका लागि स्रोतको परिचालन महत्वपूर्ण रहेको बताए । उनले आन्तरिक राजस्व विभागको काँधमा राजस्व असुलीको जिम्मेवारी रहेको बताउँदै कर छली र राजस्व चुहावट नियन्त्रण गर्न राजस्व प्रशासनलाई आधुनिकीकरण गर्दै प्रगतिशील करको माध्यमबाट करको दायरा विस्तारका लागि नयाँ तरिकाबाट कार्यसम्पादन गर्न निर्देशन दिए । 

सोही अवसरमा सभापतिको आसनबाट राजस्व सचिव राजन खनालले आम करदाताले कर प्रशासनमा सुधारको अपेक्षा गरेको बताउँदै करदातालाई कर तिर्न कानुनलाई सरल र सजिलो बनाउन पर्ने बताए । उनले करदातालाई कर कार्यालयमा बुझाउनु पर्ने विवरण तथा कर दाखिला गर्न बांकी रहे, नरहेको जानकाी मोबाइल एप्स र एसएमएसमार्फत् थाहा पाउन सकिने ए । 
राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले आर्थिक वर्ष २०७२/०७३  मा जिडिपी राजस्वको योगदानको अनुपात करिब २१.५ पुगेको जानकारी दिंदै आर्थिक वर्ष २०७२÷७३ मा विभागको राजस्व लक्ष्य १ खर्ब ९४ अर्ब ६७ करोड भएकोमा २  खर्ब ४ अर्ब ४३  करोड असुली भएको बताए । 

उनले करको दायरा विस्तारतर्फ आर्थिक वर्ष २०७२÷०७३ को अन्त्यसम्ममा व्यवसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या ८ लाख ४० हजार तथा व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको सख्या ६ लाख २ हजारसमेत जम्मा १४ लाख ४२ हजार पुगेको जानकारी दिए । त्यसमध्ये मूल्य अभिवृद्धि करमा १ लाख ६४ हजार र अन्तःशुल्कतर्फ ४२ हजार  करदाता कर प्रणालीमा आबद्ध भएको बताए । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले कर तिरेर सम्मान पाउँनु अरु सम्मानभन्दा ठूलो विषय भएको बताए । उनले कर प्रशासनले गरेको कर निर्धारण उपर करदाता अदालत गएको अवस्थामा ५० प्रतिशत धरौटी राख्नुपर्दा प्रशासकीय पुनरावलोकन र राजस्व न्याधिकरणबाट मुद्दा टुंगो लाग्न वर्षौ लाग्ने हु“दा व्यवसायीको रकम फसिरहेको बताए । 
पाँचौ कर दिवसमा पुरस्कृत गरिएका नामावली

क्र.सं.    विधा     करदाताको नाम र कार्यालय     स्थायी  लेखा नं.
१    सबैभन्दा बढी कर तिर्ने करदाता    सूर्य नेपाल प्रा.लि., ठूला करदाता कार्यालय    ३०००२००१८
२    निर्यातकर्ताहरुमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता    डाबर नेपाल प्रा.लि., ठूला करदाता कार्यालय    ३०००२०३७५
३    विशेष उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता    युनिलिभर नेपाल लि., ठूला करदाता कार्यालय    ३००००६००७
४    कृषि एबम् पशुपन्छीजन्य उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता    ओम चाओविरो फिड इण्डष्ट्रिज, ठूला करदाता कार्यालय    ३०२६६१६८६
५    सहकारी संस्थामध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता    राष्ट्रिय सहकारी बैंक लिमिटेड,  ठूला करदाता कार्यालय    ३०१७१५६५४
६    लघुवित्त सेवामध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता    छिमेक लघुवित्त विकास बैंक, ठूला करदाता कार्यालय    ३००२८३३४९
७    बैंक बित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता    नविल बैंक लि., ठूला करदाता कार्यालय    ५००१६४५६७
८    वीमा व्यबसायमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता    लाइफ ईन्स्योरेन्स कर्पोरेशन नेपाल लि., ठूला करदाता कार्यालय    ५००२१३१४८
९    विप्रेषण व्यबसायमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता    आईएमई लिमिटेड, ठूला करदाता कार्यालय     ३००७२६१४९
१०    पर्यटन क्षेत्रसंग सम्बन्धित व्यबसायीहरुमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता    तारागाउं रिजेन्सी होटल्स लि., ठूला करदाता कार्यालय    ३०००५२६३७
११    व्यापार व्यबसायमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता    सिप्रदि ट्रेडिङ्ग प्रा.लि., ठूला करदाता कार्यालय    ३०००४५०२२
१२    साना करदाता (वार्षिक रु.५ करोडसम्म कारोवार भएका) मध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता    सांग्रिला इनर्जी लिमिटेड, करदाता सेवा कार्यालय, बत्तिसपुतली
    ३००८४८११५
१३    मझौला करदाता (वार्षिक रु.५ करोड देखि रु.४० करोडसम्म कारोवार भएका)  मध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता    सिवेक हस्पिटल प्रा.लि., आ.रा.का.काठमाण्डौ ३    ५०००९५६९२
१४    व्यक्तिगत आयकर तिर्नेहरु मध्ये सबैभन्दा बढी आयकर  तिर्ने करदाता    सिद्धार्थ शम्सेर ज.ब.राणा, आ.रा.का. ललितपुर    १००२२५९६५
१५    २०५४।८।१ मा मू.अ.करमा दर्ता भएका र हालसम्म समयमै कर विवरण र कर बुझाएका करदातामध्ये सबैभन्दा बढी मू.अ.कर तिर्ने करदाता    नेपाल दूरसंचार कम्पनी लि., ठूला करदाता कार्यालय
    ३०००४४६१४

क्र.सं.    सम्मानित हुने संघ संस्थाको नाम
१    नेपाल उद्योग वाणिज्य महासंघ, टेकु काठमाडौं 
२    नेपाल उद्योग परिसंघ, थापाथली, काठमाडौं 
३    नेपाल चेम्बर अफ कमर्श, जमल काठमाडौं 
४    नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन
५    नेपाल वार एशोसिएसन
६    नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ
७    नेपाल बैंकर्स एशोसिएसन
८    राष्ट्रिय सहकारी संघ
९    नेपाल खुद्रा व्यापार संघ
१०    नेपाल आर्थिक पत्रकार समाज
११    अडिटर्स एशोसिएसन अफ नेपाल
१२    नेपाल विकास बैंक संघ

क्र.सं.    कर प्रणालीमा सुधारमा सहयोग पु¥याउने व्यक्तिको नाम
१    डा.रुप खड्का, वालुवाटार, काठमाडौं । 
२    श्री भवनाथ दाहाल, चार्टर्ड एकाउन्टेन्ट

क्र.सं.    पूर्व राष्ट्र सेवक कर्मचारीहरु 
१    बिष्णु प्रसाद नेपाल, बालाजु काठमाडौं
२    पद्मनाभ सिं कार्की, वानेश्वर, काठमाडौं 
३    श्याम प्रसाद पोखरेल, सिनामंगल, काठमाडौं 
४    चुडामणि देवकोटा, ज्ञानेश्वर, काठमाडौं 
५    जनार्दन त्रिपाठी, बत्तीसपुतली, काठमाडौं 
६    गोविन्दप्रसाद शर्मा रेग्मी, अनामनगर, काठमाडौं 
७    कृष्ण गोपाल श्रेष्ठ, गैह्रीधारा, काठमाडौं 
८    राम प्रसाद घिमिरे, काठमाडौं 
९    सुरेश सापकोटा, पुतलीसडक, काठमाडौं 

१    कार्यालय     उत्कृष्ट हुने राष्ट्र सेवक कर्मचारीहरुको नामावली
२    आन्तरिक राजस्व विभाग    निर्देशक श्री पदम कुमार श्रेष्ठ
३    आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज     प्रमुख कर अधिकृत श्री नारायण प्रसाद सुवेदी 
४    ठूला करदाता कार्यालय     प्रमुख कर अधिकृत श्री लोक प्रसाद न्यौपाने 
५    करदाता सेवा कार्यालय वानेश्वर     प्रमुख कर अधिकृत हरि प्रसाद तिमिल्सीना 
६    आन्तरिक राजस्व कार्यालय क्षेत्र नं. १    प्रमुख कर अधिकृत श्री हरिशचन्द्र ढकाल
७    आन्तरिक राजस्व विभाग     शाखा अधिकृत श्री किशोर ढकाल
८    आन्तरिक राजस्व विभाग     शाखा अधिकृत श्री सरिता भटृ नेपाल 
९    आन्तरिक राजस्व कार्यालय, चितवन     कर अधिकृत श्री ध्रुव बहादुर भण्डारी
१०    करदाता सेवा कार्यालय न्यूरोड     नायब सुब्बा श्री गंगा पौडेल लम्साल
११    आन्तरिक राजस्व कार्यालय, धनगढी     कार्यालय सहयोगी श्री मोहन बहादुर अधिकारी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको