Like us!
Follow us!
Connect us!
Watch us!

एफएनसीसीआई र यूनिसेफको सहकार्यमा विपद जोखिम व्यवस्थापनसम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न, निजी क्षेत्रको भूमिका आवश्यक रहेको निचोड

अर्थ संसार

बुधबार, १० साउन २०८०, १२ : ५० मा प्रकाशित

एफएनसीसीआई र यूनिसेफको सहकार्यमा विपद जोखिम व्यवस्थापनसम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न, निजी क्षेत्रको भूमिका आवश्यक रहेको निचोड

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र यूनिसेफ नेपालको सहकार्यमा विपद जोखिम व्यवस्थापनसम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार विपद जोखिम व्यवस्थापनसम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको महासंघले विज्ञप्तिमार्फत जानकारी दिएको हो । 

महासंघमा पहिलो पटक गठित स्वास्थ्य तथा विपद व्यवस्थापन समितिको पहल एवं युनिसेफ नेपालको सहकार्यमा भएको उक्त कार्यक्रममा विपद व्यवस्थापन र व्यवसाय निरन्तरता योजना सम्बन्धमा प्रस्तुति भएको थियो । विपद के हो ? यसको जोखिम के के हुन सक्छन? विपदले व्यवसायमा कसरी हानि गर्दछ ? यसलाई न्यूनिकरण गर्न के–के गर्नु पर्दछ  लगायत विभिन्न विषयहरुको बारेमा प्रस्तुतकर्ताले स्पष्ट पारे । 

युनीसेफ नेपालको तर्फबाट ओआईसी प्रमुख सुनिता कायस्थले १९९८ देखिको महासंघसंगको सहकार्य स्मरण गर्दै विपद पश्चातको महासंघको प्रभावकारी अग्रसरतालाई विपद पूर्व तयारी प्रयोग गर्न सकेमा धेरै जोखिम न्यूनिकरण हुने र व्यवसाय निरन्तरतामा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनको सहकार्यको लागि युनीसेफ नेपाल सदैव तयार रहेको बताइन् ।

कार्यक्रममा सभापति हमालले छोटो समयको छलफल पश्चात कार्यक्रम तय भएको जानकारी गराउँदै महासंघले विपद पूर्व तयारीमा जिम्मेवारी महशुस गर्दै नेपाल सरकार एवं विभिन्न दातृ निकायहरुको सहकार्य एवं निजीक्षेत्रको अग्रसरतामा व्यवसाय निरन्तरता सम्बन्धी चेतनामुलक कार्यक्रमहरु गर्ने योजना रहेको जानकारी गराए ।

सोहि अवसरमा कार्यक्रमका प्रमुख अतिथि एवं महासंघका उपाध्यक्ष हेमराज ढकालले अन्तरक्रिया कार्यक्रम महत्वपूर्ण भएको बताए । उद्योगी व्यवसायीहरुमा व्यवसाय निरन्तरता योजना को बारेमा विभिन्न क्षेत्रगत रुपमा जानकारी गराउनुपर्ने र त्यसको लागि महासंघ निरन्तर सहकार्यमा रहने बताए । 

त्यसैगरि मन्तव्यको क्रममा महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले व्यवसाय निरन्तरता योजना (बीसीपी)को बारेमा आफू जानकार हुने अवसर प्राप्त भएको यो उद्योगी व्यवसायीको लागि अतिनै महत्वपूर्ण रहेको  बताइन् ।

कार्यक्रममा उपस्थित महासंघका कार्यकारिणी समिति सदस्य एवं व्यापार समितिका सभापति सुबोध कुमार गुप्ताले कार्यक्रम महत्वपूर्ण एवं सिकाइपूर्ण रहेको बताउँदै नेपालमा धेरै चुनौतिहरु रहेको त्यसको सामनाको लागि पूर्व तयारी अतिनै महत्वपूर्ण रहेको बताए । विपद जोखिम व्यवस्थापनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् ।

कार्यक्रममा कार्यकारिणी समितिका सदस्यहरु, स्वास्थ्य तथा विपद व्यवस्थापन समितिका सदस्य, सल्लाहाकार एवं आमन्त्रितहरुको सहभागिता रहको थियो । अन्त्यमा महासंघका कार्यकारिणी समिति सदस्य एवं स्वास्थ्य तथा विपद व्यवस्थापन समितिका उपसभापति रविन पुरीले धन्यवाद सहित कार्यक्रम समापन गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको