Like us!
Follow us!
Connect us!
Watch us!

सुन तस्करी प्रकरणमा गम्भीर अनुसन्धान नभए सरकारको दिन गन्ती सुरु हुन्छः रवि लामिछाने

अर्थ संसार

बुधबार, १० साउन २०८०, १६ : ३५ मा प्रकाशित

सुन तस्करी प्रकरणमा गम्भीर अनुसन्धान नभए सरकारको दिन गन्ती सुरु हुन्छः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले सुन तस्करी प्रकरणमा कर्मचारी सरुवा गरेर जिम्मेवार निकायका प्रमुखलाई जोगाउन खोजेको बताएका छन्।

आज (बुधबार)को प्रतिनिधि सभामा उनले सुन प्रकरणमा ठूलो सेटिङ भएको दाबी गर्दै प्रमाण नष्ट गर्ने प्रयास भइरहेको आशंका व्यक्त गरेका हुन् । उनले भने ‘क्विन्टलका क्विन्टल सुन आउनु र त्यो विषयमा सामान्य मानिस पक्राउ पर्नु जनताले अचम्म मानेका छैनन् वर्षौैदेखी सेटिङको आधारमा हुँदै आएको छ । यो सेटिङ नेपाली जनताले थाहा पाईसके ।’ 

उनले संसदमा प्रस्तुत गरिएको जरुरी महत्वको प्रस्तावमाथिको छलफल र त्यसप्रति सरकारको गम्भीरता हेरेर आफ्नो पार्टीले थप रणनीति बनाउने बताए । 

सरकार गम्भीर ढंगले प्रस्तुत नभए सरकारको दिन गन्ती सुरु हुने चेतावनी समेत दिएका छन् । उनले भने ‘कुनै पनि विषयलाई गिजोल्ने मात्र होइन त्यसको अन्त्य र जरासम्म पुग्ने साहस लिएको भए ठिक छ । नत्र केही कर्मचारीहरु थुनेर सरुवा गरेर फाइल खोले झै गर्ने यतिवटा फाइल खोल्यौ भन्ने मात्र गरी फाइल खोल्न थाल्यो भने सरकारको दिन गन्ती सुरु हुन्छ ।’  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको