Like us!
Follow us!
Connect us!
Watch us!

ग्याँसको १३० रुपैयाँ घट्याे, पेट्राेल र डिजेलको भने मूल्य बढ्याे

अर्थ संसार

बुधबार, १७ साउन २०८०, ०८ : ४६ मा प्रकाशित

ग्याँसको १३० रुपैयाँ घट्याे, पेट्राेल र डिजेलको भने मूल्य बढ्याे

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ। जस अनुसार पेट्रोल र डिजेलको मूल्य बढेको छ भने ग्याँसको मूल्य घटेको छ । 

निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि  आज राति १२ बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल ९ रूपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ७ रूपैयाँ बढाइएको हो भने ग्याँसमा प्रति सिलिण्डर १३० रुपैयाँ घटाएको हो ।

भारतीय आयल निगमले अगस्ट १ मा पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर ८.१४ रूपैयाँ र डिजेलमा ६.८६ रुपैयाँ बढेर आएको थियो । निगमले सोही मूल्यमा मूल्य अभिवृद्धि कर समायोजन गरेर मूल्य बढाएको हो ।

त्यस्तै, एलपि ग्यासको मूल्यमा प्रति सिलिन्डर ११७.६२ ले घटेर आएको थियो। निगमले एलपी ग्यासमा साविकको खुद्रा बिक्री मूल्यमा प्रतिसिलिन्डर १३० रूपैयाँले घटाएर १६६० रुपैयाँ कायम गरेको हो ।

हवाई इन्धनको साविकको बिक्री मूल्यमा कुनै परिवर्तन गरिएको छैन । निगमले १५ दिन अगाडिबाट मात्रै पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गरेको हो ।

64c9c8de7481b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको