Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछानेको प्रश्न–तीन जना नेताहरू काण्ड आएपछि एकअर्काबिना बाँच्न नसक्ने गरी किन मिल्छन्?

अर्थ संसार

मंगलबार, २३ साउन २०८०, १७ : २८ मा प्रकाशित

रवि लामिछानेको प्रश्न–तीन जना नेताहरू काण्ड आएपछि एकअर्काबिना बाँच्न नसक्ने गरी किन मिल्छन्?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेले ठूला तीन दलका नेताहरूले संसद चल्ने समयमै बाग्रेनिङमा लागेको बताएका छन् । आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकमा उनले निर्धारित समयमा यस्तो बताएका हुन् ।

‘तीन जना नेताहरू मिलेर सल्लाह गर्नु पर्ने भए, मिल्नेहरू र मिलाउने कामहरू किन रातारात मिलाउन सक्दैनन्,’ उनले भने, ‘यो मिलेमतो नै हो, किनभने यही सदनमा बजेट पास गर्न दिँदैनौँ भन्नेहरू किन पास हुन पुग्यो?’

यस्तै, उनले एकअर्काको अनुहार पनि हेर्न नचाहने नेताहरू जब काण्डहरू हुँदा एकअर्काबिना बाँच्न नसक्ने गरी मिलेको आरोप लगाए । ‘एकअर्काको अनुहार पनि हेर्न नचाहने नेताहरू जब काण्डहरू हुन्छ अनि एक अर्काबिना बाँच्न नसक्ने गरी किन मिल्छन् ?,’ उनले भने ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको