Like us!
Follow us!
Connect us!
Watch us!

अघिल्लाे वर्ष ४.८ प्रतिशतले बढेको नेपाल भित्रिने रेमिट्यान्स याे वर्ष २१.२ प्रतिशतले बढ्यो

अर्थ संसार

शुक्रबार, ०१ भदौ २०८०, १४ : २१ मा प्रकाशित

अघिल्लाे वर्ष ४.८ प्रतिशतले बढेको नेपाल भित्रिने रेमिट्यान्स याे वर्ष २१.२ प्रतिशतले बढ्यो

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७९/८० को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्बन्धी वार्षिक तथ्याङ्क सार्वजनिक गरेकाे छ । तथ्याङ् अनुसार नेपाल भित्रिने रेमिट्यान्स २१.२ प्रतिशतले बढेकाे छ ।

नेपाल राष्ट्र बैंकले आज जारी गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले बढेर रु.१२२० अर्ब ५६ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षमा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो।

त्यसैगरी, गत आर्थिक वर्ष अमेरिकी डलरमा रेमिट्यान्स १२.१ प्रतिशतले वृद्धि भएकाे छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले बढेर ९ अर्ब ३३ करोड रूपैयाँ पुगेको राष्ट्र बैंकले जनाएकाे छ ।

प्रमुख झलक हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको