Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वप्रधानमन्त्रीको बयान नै नलिई प्रतिवेदन बुझाउने सिआइबीको तयारी

अर्थ संसार

आइतबार, ०३ भदौ २०८०, ०९ : ३७ मा प्रकाशित

पूर्वप्रधानमन्त्रीको बयान नै नलिई प्रतिवेदन बुझाउने सिआइबीको तयारी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बालुवाटारस्थित ललिता निवास जग्गा दुरुपयोग प्रकरणको अनुसन्धानको प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ ।

यो प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईको नाम मुछिए पनि सिआइबीले यिनको बयान नै नलिई प्रतिवेदन बुझाउने तयारीमा छ।प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ ।

 २०४९ देखि २०७० सालसम्म पाँच पटक गरी बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको सीआईबीले गरेको अनुसन्धानमा खुलेको छ । यी मध्य पनि २०६६ सालमा ‘प्रधानमन्त्री निवास विस्तार’का नाममा २५ रोपनीभन्दा बढी जग्गा प्लटिङको बाटो बनाउन र मोहीका नाममा दर्ता गरिएको छ। 

ललिना निवासको जग्गा हिनामिना प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित हिरासतमा १८ जना छन् । 

नेपाल र भट्टराई नेतृत्वको सरकारका पालामा भएका निर्णयमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईको बयान पनि नलिनुले फेरि पनि यी प्रकरण सहि बाटो समाटेको प्रस्ट हुन्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको