Like us!
Follow us!
Connect us!
Watch us!

निर्माणाधिन अरुण तेस्रो जलविद्युतमा स्थानीय अवरोधप्रति इप्पानको आपत्ति

अर्थ संसार

शुक्रबार, ०५ असोज २०८०, १० : २५ मा प्रकाशित

निर्माणाधिन अरुण तेस्रो जलविद्युतमा स्थानीय अवरोधप्रति इप्पानको आपत्ति

निर्माणाधिन अरुण तेस्रो जलविद्युतमा स्थानीय अवरोधप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले ध्यानाकर्षण गराएको छ ।

बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै इप्पानले संखुवासभामा निर्माणाधिन ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत आयोजना निर्माणमा भइरहेको अवरोधप्रति इप्पानले गम्भीर ध्यानाकर्षण गराएको हो ।

इप्पानले आयोजना निर्माणमा भइरहेको अवरोध हटाइ काम सुचारु गराउनका लागि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

अरुण तेस्रो जलविद्युत आयोजना विदेशी लगानीमा निर्माण भईरहेको छ । तर, विदेशी लगानीमा निर्माणाधिन आयोजनामा भइरहेको यस्ता प्रकारको अवरोधले विदेशी लगानीलाई निरुत्साहित गर्ने इप्पानले जनाएको छ। त्यस्ता गतिविधिले नेपालको जलविद्युत विकासमा विदेशी लगानीलाई निरुत्साहित गर्ने हुँदा इप्पान चिन्ता व्यक्त गरेको छ ।

उक्त आयोजना निर्माण कार्य तत्काल सुचारु गर्न इप्पानले जोडदार रुपमा माग गरेको छ । ‘आयोजना निर्माणका क्रममा निस्किएका कुनै पनि विवादलाई वार्ता र छलफलका माध्यमबाटै समाधान गरेर जान सकिन्छ । यसका लागि आयोजना र स्थानीयका बीचमा सरकारले मध्यस्थता गरेर भएपनि वार्ताबाटै निकास दिन र आयोजनाको काम यथाशक्य चाँडो सुचारु गराउन आग्रह गर्न चाहन्छौ’– विज्ञप्ति मार्फत इप्पान भनेको छ ।

विगतमा पनि आयोजनाको विषयलाई लिएर विवाद हुँदा आयोजना बनाउन अघि सरेको विश्व बैंकले हात झिकेको कुरा समेत स्मरण गराएको छ ।

अहिले भारतीय कम्पनी सतलज जलविद्युत निगम (एसजेभिएन)ले द्रुत गतिमा काम अघि बढाइरहेको छ । यस्तो बेलामा भएको अवरोधले ऊर्जा क्षेत्रमा सक्रिय रुपमा लागेका स्वदेशी तथा विदेशी प्रवर्द्धकहरुलाई दुखी बनाएको इप्पानको भनाई छ ।

 

650d1aec32421.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको