Like us!
Follow us!
Connect us!
Watch us!

हिड्नको लागि बनाइएको फुटपाथमा व्यवसाय गर्न नमिल्ने मेयर साहको प्रष्टोक्ति

अर्थ संसार

विहीबार, ११ असोज २०८०, ०६ : २२ मा प्रकाशित

हिड्नको लागि बनाइएको फुटपाथमा व्यवसाय गर्न नमिल्ने मेयर साहको प्रष्टोक्ति

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फेसबुक मार्फत सार्वजनिक गरेको धारणामा अभियन्ता ईः का माग सम्बोधन गर्ने अधिकार आफूसँग नरहेको बताएका छन् । सडक वा सडक पेटीमा ब्यापार गर्नु गैरकानुनी हो भन्दै मेयर साहले काठमाडौंका हजारौं रैथालेहरुका पुख्यौली घर जग्गा जबर्जस्ती अधिग्रहण गरी बनाइएका सडक व्यापार व्यावसाय गर्न दिनु ती मानिसहरुप्रतिको अन्याय हुने तर्क  छ । ११ हजार मानिसका लागि फुटपाथमा व्यापार गर्न दिएर काठमाडौंमा बस्ने ५० लाख मानिसको अधिकार मिच्ने अधिकार आफूलाई नरहेको उनको धारणामा उल्लेख छ।

फुटपाथमा व्यापारका लागि निश्चित समय छुट्याउने भन्ने विषय पनि व्यवहारिक नभएको भन्दै उहाँले सडकमा कति बेला के हुन्छ र को हिंड्छ भन्न नसकिने बताए । महानगरपालिकामा आएका एक हजार गुनासोमा फुटपाथको व्यापारले हिंड्न असहज भएको भन्ने सम्बन्धि रहेको भन्दै मेयर साहले सडक व्यापारीहरुलाई दिने खुला जग्गा पनि महानगरपालिकासँग नरहेको बताए । महानगरपालिकाका कतिपय वडा कार्यालयहरु अहिले पनि भाडामा रहेको भन्दै खाली जग्गा नहुँदा सुविधायुक्त सार्वजनिक शौचालय बनाउन नसकेको दुखेसो पनि बालेनले पोखेका छन् ।

अभियन्ता ईः कसैबाट परिचालित हो भन्ने आफूलाई नलागेको भन्दै साहले संविधान र ऐन कानुनले नदिने कामका लागि आँखा चिम्लिनु पर्छ भन्ने माग तपाईको पनि होइन भनेर प्रतिप्रश्न गरेका छन्। आफू र उपमेयर सुनीता डंगोलले चुनावी वाचा नविर्सिएको जिकीर गर्दै साहले गरीबका लागि सधैं बोल्दिने काठमाडौं महानगरपालिका रहेको पनि बताए । संसारबाटै गरीबी हटाउने हो गरीब होइन भन्दै उनले महानगरपालिकाले श्रम बैंक मार्फत रोजगारी सिर्जना गर्न दश करोड छुट्याएको र यसै वर्ष मात्रै १५ हजार जनालाई छात्रवृत्ति उपलब्ध गराएको स्मरण गराए ।

अभियन्ता ईः र काठमाडौं महानगरपालिका बीच नवौं दिनमा हिजो बेलुकी सहमति जुटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको