Like us!
Follow us!
Connect us!
Watch us!

बालेन अघि बढ, देशका युवाले तिमीलाई खोजिरहेका छन्: ज्ञानेन्द्र शाही

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, २१ : १८ मा प्रकाशित

बालेन अघि बढ, देशका युवाले तिमीलाई खोजिरहेका छन्: ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई नयाँ पुस्ताको आन्दोलनको नेतृत्व सम्हाल्न सार्वजनिक आग्रह गरेका छन्।

उनले सोमबार भएको सरकारी दमनलाई ‘नरसंहार’ का रूपमा व्याख्या गर्दै, पुराना दलका नेताभन्दा स्वतन्त्र नेतृत्वले अब देशलाई अघि बढाउनुपर्ने समय आएको टिप्पणी गरे।

शाहीले सामाजिक सञ्जालमार्फत् रातारात आह्वान गर्दै लेखेका छन्– “आजको रात, राष्ट्रका लागि जीवन अर्पण गर्ने ‘जेन जेड’ पुस्ताको बलिदान सम्झेर उठौं।”

उनले प्रधानमन्त्री र गृहमन्त्रीको साधारण राजीनामा पर्याप्त नभएको दाबी गर्दै, उनीहरूलाई नरसंहारसम्बन्धी मुद्दामा पक्राउ गरी जेल पठाउनुपर्ने माग गरे।

हालै ‘जेन जेड’ को विरोध प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपका कारण युवाहरूले ज्यान गुमाएपछि देशभर आक्रोश चुलिएको छ। यसैबीच, स्वतन्त्र उम्मेदवारको हैसियतमा युवाहरूको विश्वास जितेका बालेन शाहले नै आन्दोलनको अग्रभाग सम्हाल्नुपर्ने माग सामाजिक सञ्जालमा तीव्र भइरहेको देखिन्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको