Like us!
Follow us!
Connect us!
Watch us!

एमालेले आज संसद बैठकमा एजेन्डामा प्रवेश गर्न नदिने तयारी

अर्थ संसार

आइतबार, १४ असोज २०८०, ०९ : १४ मा प्रकाशित

एमालेले आज संसद बैठकमा एजेन्डामा प्रवेश गर्न नदिने तयारी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आज दिउँसो १ बजे बस्ने संघीय संसद बैठकमा सरकारीले अगाडी सार्ने एजेन्डामा प्रवेश गर्न नदिने तयारी गरेको छ । इलेक्ट्रोनिक सिगरेट, ६० किलो बढी सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग बनाउने सहमति सरकारले उल्लंघन गरेको भन्दै एमालेले  एजेन्डा प्रवेश गर्न नदिने तयारी गरेको हो ।

सरकारले सुन तस्करीको छानबिन तथा अनुसन्धानको लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमतिलाई कार्यान्वयन गर्नेबारे सरकार गम्भीर नदेखिएकाले आजको बैठकमा एजेन्डामा प्रवेश गर्न नदिने तयारी गरिएको बुझिएको छ  ।

आज संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बोलाइएको छ।  बैठकमा विद्यालय शिक्षा विधेयक पेश गर्ने कार्यसूची रहेको छ। त्यस्तै सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची पनि रहेको छ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको