Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आईएमई बैंकको सेयर किन्ने हो ? हेर्नुहोस, एक विश्लेषण

सोमबार, २० कार्तिक २०७४, ०८ : ०८ मा प्रकाशित

ग्लोबल आईएमई बैंकको सेयर किन्ने हो ? हेर्नुहोस, एक विश्लेषण

अर्थ संसार, काठमाडौं - ग्लोबल आइएमई बैङ्कले सार्वजनिक गरेको चालू आव २०७४/७५ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार चुक्तापूँजी १३ प्रतिशतले बढेर रू. ८ अर्ब ८ करोड पुगेको छ ।

अघिल्लो आवको सोही अवधिमा रू. ७ अर्ब १५ करोड थियो । सोही अवधिमा बैङ्कले रू. ३५ करोड ३२ लाख नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा १६ प्रतिशतले कमी हो । सञ्चालन नाफा र खुद ब्याज आम्दानी घटेकाले नाफा घटेको हो । बैङ्कले रिजर्भ कोषमा रू. ४ अर्ब ३८ करोड ५७ लाख राखेको छ

यो रकम अघिल्लो आवको तुलनामा १ सय २१ प्रतिशतले बढी हो । सम्भावित जोखिम बापतको व्यवस्थामा रू. १६ करोड ६६ लाख रकमा छुट्याएको छ भने निष्क्रिय कर्जा १ दशमलव ५७ प्रतिशत रहेको छ । साथै बैङ्कको आगामी कात्तिक २३ गते हुने साधारण सभाले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।   

वर्गिकरण : वाणिज्य बैङ्क  
पछिल्लो व्यापार मूल्यः रू. ३२५
५२ हप्ताको उच्च व्यापार मूल्य : रू. ६२३
५२ हप्ताको न्यून व्यापार मूल्य :  रू.३२३
१८० दिनको औसत व्यापार मूल्य : रू.३८५.१८

कम्पनीका महत्वपूर्ण अनुपात :-

सञ्चालक समिति :-

 

अध्यक्ष : चन्द्र प्रसाद ढकाल
व्यवस्थापन समिति :-
कार्यबाहक कार्यकारी अधिकृत : जनक शर्मा पौडेल
प्रधान कार्यालय : पानीपोखरी, काठमाडौं
वेबसाइट : www.globalimebank.com
शाखा : १०६
स्टक सङ्केत : जीबिआइएमई

 

बैङ्कको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा ) :-

महत्वपूर्ण अनुपात :-


 

लाभांश विवरण :-


 

आधारभूत विश्लेषण :-

बैङ्कको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :-

  • चुक्तापूँजीको तुलनामा खुद नाफा ५ दशमलव ८९ प्रतिशतबाट घटेर ४ दशमलव ३७ प्रतिशतमा सिमित भएको छ । पहिलो त्रैमासमा बैदेशिक मुद्रा विनिमयबाट रू.२ अर्ब ६२ करोड नाफा कमाएको छ ।

  • बैङ्कले पहिलो त्रैमाससम्ममा रू. १ खर्ब ४ अर्ब ९४ करोड  निक्षेप संकलन गरी रू.८८ अर्ब ७७ करोड कर्जा प्रवाह गरेको छ । लगानी रू. २१ अर्ब ८३ करोड रहेको छ ।  

  • बैङ्कको खुद ब्याज आम्दानी रू. ६९ करोड २७ लाख, कर्मचारी खर्च रू. २५ करोड १५ लाख, अन्य सञ्चालन खर्च रू. २१ करोड ५४ लाख र सञ्चालन नाफा रू. ३८ करोड ९३ लाख रहेको छ ।

  • बैङ्कको स्थिर सम्पत्ति १३ प्रतिशतले बढेर रू.१ अर्ब ६ करोड ७८ लाख र अन्य सम्पत्ति ९४ प्रतिशतले बढेर रू. २ अर्ब ८७ करोड १७ लाख पुगेकोे छ ।

  • रू. ८ करोड १३ लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएको छ । पूँजीकोष लागत ७ दशमलव २३ प्रतिशत र पूँजीकोष पर्याप्तता ११ दशमलव ५४ प्रतिशत रहेको छ ।

  • बैङ्कको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार प्रति शेयर आम्दानी रू. १७ दशमलव ४८, मूल्य आम्दानी अनुपात (पिइ रेसियो) २२ दशमलव शून्य ८, तरलता अनुपात २९ दशमलव ८१ प्रतिशत र प्रति शेयर नेटवर्थ रू. १ सय ५४ दशमलव २८ रहेको छ । आइतवारको शेयर मूल्य नेटवर्थको २ गुणा छ ।

प्राविधिक विश्लेषण :-

खरीद चाप  : बैङ्कको आइतवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप १ गुणा बढी रहेको छ । सो अवधिसम्म ६ हजार ९ सय ६८ कित्ता शेयर खरीद र ५ हजार ७ सय २४ कित्ता शेयर विक्री गर्ने माग रहेको थियो । 

आइतवार भएको शेयर कारोबार विवरण :-


मैनबत्ती विश्लेषण:-

६ अगष्ट २०१७                           ५ नोभेम्बर २०१७

स्ट्याण्डर्ड डेभिएशन :-
 

६ अगष्ट २०१७                           ५ नोभेम्बर २०१७

आरएसआई :-

६ अगष्ट २०१७                           ५ नोभेम्बर २०१७

मुभिङ एभरेज :-

६ अगष्ट २०१७                           ५ नोभेम्बर २०१७

  • मैनबत्ती विश्लेषण : बैङ्ककोे ५२ दिनको कारोबार अवधिमा अन्तिम दिनमा लङ्लेग्ड डोजी आकृती  बनेको छ । यस आकृतीले लगानीकर्ताहरुलाई पर्ख र हेरको अवस्था सृजना गरेको छ ।

  • आरएसआई : बैङ्कको ५२ दिनको कारोबारमा आरएसआई ओभरसोल्ड जोन (२३ दशमलव ४२ स्केल)मा छ । यसले शेयर विक्री चाप बढेको देखाउँछ ।

  • स्ट्याण्डर्ड डेभिएसन : बैङ्कको ५२ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएसन ३ दशमलव ५२ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ ।

  • मुभिङ एभरेज : बैङ्कको ५२ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य र १४ दिने औसत मूल्य रेखाभन्दा २६ दिने मूल्य रेखा माथि छ । हालको बिन्दुबाट मूल्य रू. ३ सय २५ देखि बजारको अवस्था परिवर्तन भइ मूल्य महँगिएमा रू.३ सय ३० मा प्रतिरोध पाउन सक्छ । अभियानबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको