Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमको नयाँ अफर:मूल्य अहिले कै व्याण्डविथ भने बढ्ने

अर्थ संसार

मंगलबार, २३ असोज २०८०, ०९ : ४५ मा प्रकाशित

नेपाल टेलिकमको नयाँ अफर:मूल्य अहिले कै व्याण्डविथ भने बढ्ने

नेपाल टेलिकमले आगामी आसोज २५ अर्थात बिहिबार देखि लागु हुनेगरी एनटी फाइबर सेवाका व्यक्तिगत प्याकेजमा प्रोमोसनल अफर उपलब्ध गराउने भएको छ ।

यस अफर अन्तर्गत एनटी फाइबर सेवालाई हाल उपलब्ध गराउँदै आएको स्पिडलाई २० प्रतिशतसम्म पुग्नेगरी व्याण्डविथमा बढोत्तरी गरिने छ।  यस अफरमा हाल १० एमविपीएस गतिको इन्टरनेट प्रयोग गरिरहनु भएकाहरुले सोही मूल्यमै २५ एमविपीएस र २० वा ३० एमविपीएस गतिको इन्टरनेट चलाइरहेकाले सोही मूल्यमा ५० एमविपीएसको सेवा प्रयोग गर्न सक्नेछन ।

यसैगरी ४० एमविपीएस गतिको सुविधा प्रयोग गरिरहेका ग्राहकहरुले सोही मूल्यमा अबदेखि १०० एमविपीएसको सेवा प्राप्त गर्नेछन । हाल ८० एमविपीएस सेवालाई पुरानै दरमा १५० एमविपीएस गतिको सेवा उपलब्ध हुनेछ । यसका साथै हाल उपलब्ध हुँदै आएको Fair Usage Policy लिमिटलाई समेत बढोत्तरी गरिएको छ ।

साथै हाल ३० एमविपीएस र सो भन्दा माथिको एक वर्षको प्याकेज लिंदा दैनिक ३०० एमवी डाटा सेवाको सुविधा पनि उपलब्ध हुनेछ । यो सेवा उपयोग गर्नका लागि एनटी फाइबर सेवा लिंदा उपलब्ध गराइएको टेलिकमको मोबाइल नम्बरबाट *1416# डायल गर्नु पर्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको