Like us!
Follow us!
Connect us!
Watch us!

दुर्गा प्रसाईंले टेलिभिजनको मानहानी गरे, लेनदेनको आरोप पुष्टी नगरे कानूनी उपचारमा जान्छौ : स्पेस फोरके

अर्थ संसार

बुधबार, २४ असोज २०८०, ०८ : २३ मा प्रकाशित

दुर्गा प्रसाईंले टेलिभिजनको मानहानी गरे, लेनदेनको आरोप पुष्टी नगरे कानूनी उपचारमा जान्छौ : स्पेस फोरके

व्यवसायी दुर्गा प्रसाईंले स्पेस फोरके टेलिभिजनको विषयमा जथाभावी बोलेको भन्दै स्पेस व्यवस्थापन पक्ष कानूनी उपचारमा जाने भएको छ ।

स्पेस फोरकेको सञ्चालक ग्यालेक्सी मिडिया ग्रुपले मंगलवार एक विज्ञप्ति जारी गर्दै प्रसाईंले आफ्नो बोली फिर्ता नलिए वा आरोप पुष्टी नगरे कानूनी उपचारमा जाने बताएको हो ।

स्पेस फोरकेका प्रस्तोता सुमन ढुङ्गानालाई अपुष्ट कुरा पुष्टी गर्ने जिम्मेवारी दिएकोमा उनले थप प्रमाण जुटाउनुको साटो कार्यक्रमको प्रोमो बनाएर बजाउन हतार गरेको र सम्पादकीय नेतृत्वले उक्त प्रोमो नै हटाएको स्पेस फोरकेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रोमो हटाइसकेपछि आरोप पुष्टी हुने थप प्रमाण जुटाउनुको साटो ढुङ्गानाले मिडियाको काम ठोक्ने र सिध्याउने हो भन्दै थप प्रमाण नखोजी सामाजीक सञ्जालमा गाली गलौंचमा उत्रिएको टेलिभिजनको भनाइ छ ।

त्यसपछि सोही विषयलाई लिएर व्यवसायी दुर्गा प्रसाईंले असोज २२ गतेको पत्रकार सम्मेलनमा लेनदेन गरेर रोकिएको प्रोमो भन्दै दुर्गा प्रसाईंले प्रस्तुत गरेपछि टेलिभिजन व्यवस्थापन पक्षले आरोप पुष्टी गर्न चुनौति दिएको हो ।

65260b12d3641.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको