Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आएमई बैंक र जिसिपिएफबीच साढे २ करोड डलर ऋण सम्झौता

अर्थ संसार

बुधबार, २४ असोज २०८०, १६ : ३३ मा प्रकाशित

ग्लोबल आएमई बैंक र जिसिपिएफबीच साढे २ करोड डलर ऋण सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेडले लक्जेम्बर्गको ग्लोबल क्लाइमेट पार्टनरशिप फन्ड (जिसिपिएफ)सँग साढे २ करोड डलर ऋण लिने सम्झौता भएको छ ।

बैंक र जिसिपिएफबीचको ऋण सम्झौताले ऊर्जा दक्षता र नवीकरणीय ऊर्जाका परियोजनामा वित्तीय सहायता पुर्याउन बैंक थप सबल बन्ने जनाइएको छ । जिसिपिएफले सार्वजनिक कोषको प्रयोग मार्फत निजी पुँजी जुटाइदिएर जलवायु परिवर्तन न्यूनीकरण र दीगो वृद्धि प्रबर्द्धन गर्न विकासशील अर्थतन्त्रमा लगानी गर्दै आएको छ । जिसिपिएफले नेपालमा भने यस किसिमको लगानी पहिलोपटक गर्न लागेको हो ।

जिसिपिएफले निकारागुआमा सौर्य उर्जा उत्पादन देखि बङ्गलादेशको टेक्सटाइल उद्योगमा लगानी गरिरहेको छ । त्यस लगायत विश्वका विभिन्न २७ देशका बैंक तथा उद्योगहरुमार्फत जलवायु परिवर्तन न्यूनीकरणका लागि ऊर्जा दक्षता र नवीकरणीय ऊर्जाका उत्पादनका लागि जिसिपिएफले ऋण सम्झौता गरेको छ ।

सन् २००९ मा स्थापना भएको जिसिपिएफले उल्लेख्य रुपमा उर्जाको बचत गर्ने र हरितगृह ग्यास उत्सर्जनलाई २० प्रतिशतले घटाउने प्रोजेक्टमा मात्र लगानी गर्ने गर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको