Like us!
Follow us!
Connect us!
Watch us!

दीगो विकासको लागि लेखा समितिको भुमिका महत्वपूर्ण : चिन्तामणी सिवाकोटी

अर्थ संसार

शुक्रबार, २६ असोज २०८०, १८ : १६ मा प्रकाशित

दीगो विकासको लागि लेखा समितिको भुमिका महत्वपूर्ण : चिन्तामणी सिवाकोटी

राष्ट्र बैंकका सञ्चालक चिन्तामणी सिवाकोटीले सहकारी संस्थाहरुमा सञ्चालक स्वच्छान्तकारी बन्दा समस्या आएको बताएका छन् । 

धेरै सहकारी संस्थाहरुले नीति तथा कार्य योजना नबनाई सञ्चालक समितिको एकल निणर्य गर्नाले र संवेदनशील निर्णयहरुमा समेत सदस्यहरुलाई बाइपास गरेकाले  गरेकाले संस्थामा थप समस्या आइरहेको उनले बताए । राष्ट्रिय सहकारी बैंकको आयोजनामा भएको लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा सहकारीको आन्तरिक नियन्त्रण प्रणाली विकास र अभ्यास विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले संस्थाको वित्तीय स्वस्थताका साथै सबलिकरणमा पहिला संस्था भित्रको जोखिम न्यूनीकरण गर्नुपर्नेमा उनको जोड छ ।यसका लागि संस्थाले नियमित कार्य योजना बनाई कामकारबाही गर्नुपर्ने समेत उनले बताए । 

‘संस्थाको लक्ष्य प्राप्त गर्नको लागि जवाफदेहिता, कार्य कुशलता, मितव्ययिता, ऐन नियमको परिपालना, विश्वसनियता जस्ता विषयहरु अपरिहार्य छन्’ उनले भने, ‘सहकारीमा आन्तरिक लेखा प्रणाली कमजोर हुनुमा सञ्चालक समिति बढी जिम्मेवार छन् । लेखा समिति, व्यवस्थापन, लेखा अभिलेख, बजेटको पूर्ण पालना, स्रोत र साधनको व्यवस्थापन गर्न समितिलाई सञ्चालकले सहयोग गर्नुपर्ने उनको भनाई छ ।

सहकारी संस्था भित्रका लेखा सुपरिवेक्षणले सञ्चालक समितिले गरेको निणर्य, तथा आर्थिक क्रियाकलापलाई निरन्तर रुपमा अनुगमन गर्न पर्नेमा उनले जोेड दिए । 
सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई संस्थाका गतिविधिहरु सम्बन्धी सूचना समयमानै उपलब्ध गराउन पर्ने हुन्छ । उनले भने, आगामी बाटो सञ्चालक समितिको भूमिका, लेखा समिति, कर्मचारीलाई संस्थाको आन्तिरक नीति तथा कार्यविधिले तोकिएको जिम्मेवारी हस्तक्षप बिना पूर्ण गर्नपर्ने हुन्छ । सहकारी संस्थालाई दीगो र विश्वसनियता संस्था भित्रका सबै पक्षको समन्वय बनाउन पर्र्ने हुन्छ ।

 संस्थामा सञ्चालक तथा लेखा समितिको योग्यता, सदस्यको बीमा, एकाघरको व्यक्तिलाई सञ्चालकमा राख्ने र व्यवस्थापनको नेतृत्वमा आफू अनुकुल व्यक्तीलाई नियुत्ती गर्दा समस्या निम्तेको उनको बुझाई छ । 

नेपाल सरकारका पूर्व सचिव गोपिनाथ मैनालीले कार्यपत्रमाथि टिप्पणी गर्दै विशेषतया आन्तरिक लेखा नियन्त्रण प्रणाली दुई प्रकारबाट हुने गरेको बताएका छन् । उनले भने सहकारीमा अन्तरिक र वाह्य रुपमा निरिक्षण गर्ने गरिन्छ । सहकारीमा लेखा समितिले संस्था भित्रको स्वमूल्यंकन, जवाफदेहिता र परदर्शितालाई नियमन गर्नपर्ने हुन्छ । 
लेखा समितिले वातावरण, वित्तीय जोखिमको अवस्था, सुचना व्यवस्थापन, स्रोत र साधनको उपयोगिता, कर्मचारीको कार्यसम्पादन र सञ्चालक समितिले गरेको निर्णयहरुलाई निरन्तर रुपमा अनुगमन गर्नुपर्छ । 

सहकारी संस्थाले कार्य सञ्चालन गर्दा सस्थाको सुशासनको अवस्था, संस्था र सदस्य हितमा काम गरे नगरेको हेर्नपर्ने हुन्छ ।  संस्था प्रति सदस्यहरुको सकृयता र सस्थाको वार्षिक साधारणले गरेको निणर्यहरु कार्यान्वयनमा आए नआएको निरन्तर नियमन सुझाए । 

गोष्ठीको अध्यक्षता राष्ट्रिय सहकारी महासंका निर्वतमान अध्क्षय केशव वडालले गरेका थिए । कार्यक्रममा सहभागीहरुले सस्थामा सञ्चालकहरुले गल्ति गरे लेखा सुपरिवेक्षण समितिले नियन्त्रण गर्ने भनिए पनि समितिलाई  विकल्पको रुपमा मात्र हेर्ने गरेको गुनोसो गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको