Like us!
Follow us!
Connect us!
Watch us!

दुर्गा प्रसाईंलाई प्रहरी कार्यालयमा बोलाइयो, जालान त प्रसाई प्रहरीकोमा ?

अर्थ संसार

आइतबार, १९ कार्तिक २०८०, ०९ : २३ मा प्रकाशित

दुर्गा प्रसाईंलाई प्रहरी कार्यालयमा बोलाइयो, जालान त प्रसाई प्रहरीकोमा ?

निरन्तर विवादमा तानिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रहरी कार्यालयमा आइतबार उपस्थित बोलाइएको छ ।

निरन्तर विवादित अभिव्यक्ति दिने गरेका प्रसाईंलाई समालिएर बोल्न पटक(पटक प्रहरीले गरेको आग्रहलाई बेवास्ता गरेको भन्दै आइतबार बिहान ११ बजे प्रहरी प्रधान कार्यालय, नक्सालमा अनौपचारिक रूपमा उपस्थित हुन भनिएको हो । 

बैंकको ऋण नतिर्ने बरु उल्टै प्रतिरोध गर्न बैंकका कर्मचारीमाथि जाइलाग्ने जस्तो गैरकानुनी सार्वजनिक अभिव्यक्ति र क्रियाकलाप गरेको भन्दै उनको आलोचना हुने गरेको छ। 

पछिल्लो समय प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको बताएपछि उनी झन् विवादमा तानिएका छन्। युवासंघको कालोमोसो पनि उनको यही अभिव्यक्तिसँग जोडिएको छ ।

यता प्रसाईंले भने प्रहरी कार्यालयमा जाने नजाने केहि भनेका छैनन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको