Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकका ग्राहकहरुले यो तिहारमा डिजिटल कारोबार गर्दा क्यासब्याक पाउने पक्का

अर्थ संसार

शनिबार, २५ कार्तिक २०८०, १८ : २८ मा प्रकाशित

ग्लोबल आइएमई बैंकका ग्राहकहरुले यो तिहारमा डिजिटल कारोबार गर्दा क्यासब्याक पाउने पक्का

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले यस बर्षको तिहारमा विभिन्न डिजिटल कारोबार मार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने पक्का भएको छ । 

बैंकका डेबिट वा क्रेडिट कार्ड बाहक ग्राहकहरुले नेपालभरका पस मेसिनमा रु. एक हजार वा सो भन्दा बढिको कम्तीमा ३ वटा कारोबारमा रु. ३०० अथवा  ५ वटा कारोबारमा रु. ५०० क्यासब्याक पाउनेछन् । पस मेसिनमार्फतको कारोबारमा क्यासब्याक पाउने समयावधि कात्तिक २५ गते कागतिहार देखि २९ भाइटीकासम्म रहेको छ । 

यसैगरि बैंकको मोबाइल बैंकिङ्ग ए्याप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता ग्राहकहरुले कात्तिक २५ गते कागतिहार देखि २९ भाइटीकासम्म बेलुका ५ बजे देखि ८ बजेसम्म क्यूआरमार्फत प्रोमो कोड ‘तिहार’ लेखी भुक्तानी गर्दा खरिदको १० प्रतिशत वा रु. ३०० सम्म क्यासब्याक पाउनेछन् । 

बैंकले ३५२ शाखा, ३७५ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको