Like us!
Follow us!
Connect us!
Watch us!

बिना मिटरका सडक बत्ती विद्युत प्राधिकरणको वितरण केन्द्रबाट हटाइने

अर्थ संसार

बुधबार, ०६ मंसिर २०८०, १२ : ४७ मा प्रकाशित

बिना मिटरका सडक बत्ती विद्युत प्राधिकरणको वितरण केन्द्रबाट हटाइने

नेपाल विद्युत प्राधिकरणले मिटर बिना जडान गरिएका सडक बत्तीलाई विद्युत प्राधिकरणको वितरण केन्द्रबाट हटाइने जनाएको छ ।

प्राधिकरणले एक सूचना जारी गर्दै बिना मिटर विद्युत उपभोग गरेका सडक बत्तीलाई मिटर जडान गर्न ४५ दिने समयावधि दिइसकेको र अझै पनि मिटर जडान गर्न बाकिँ रहे अब सात दिनभित्र मिटर जडान गरी ग्राहक कायम गर्नुपर्ने जनाएको हो । सात दिनभित्र सडक बत्तीको मिटर लिई ग्राहक नबने त्यस्ता बिना मिटरका सडक बत्ती वितरण केन्द्रबाट हटाउने पनि प्राधिकरणले।उल्लेख गरेको छ ।

यसैगरी विभिन्न वितरण केन्द्रबाट सडक बत्ती उपभोग गरि बक्यौता रहेको महशुल तिर्न स्थानीय निकायहरुलाई प्राधिकरण सूचित गरेको छ । बक्यौता नबुझाउने स्थानीय निकायहरुलाई विद्युत महसुल संकलन विनियमावली २०७८ को विनिमय १० को प्रावधान बमोजिम कारवाही गरिने पनि प्राधिकरणले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको