Like us!
Follow us!
Connect us!
Watch us!

दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यालयले दिएन अनुमति

अर्थ संसार

शुक्रबार, ०८ मंसिर २०८०, ०९ : ३५ मा प्रकाशित

दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यालयले दिएन अनुमति

जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईंको समूहलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिइएको बताएको छ ।

बिहीबार  बल्खुमा प्रदर्शनकारीहरू उत्तेजित भई कार्यक्रमस्थलभन्दा बाहिर झुण्ड झुण्डमा बाँडिएर सामाजिक सद्भाव बिथोल्ने, कानून निषिद्ध, अराजक, हिंस्रक एवम् दङ्गा भड्काउने अभिव्यक्ति दिने, सुरक्षा संवेदनशील एवम् प्रचलित कानून बमोजिम रोक लगाएको क्षेत्रमा हुलहुज्जत सहित प्रवेश गर्ने र गलत मनसायले सुरक्षार्थ खटिएका सुरक्षाकर्मी माथि जीउज्यान समेत जाने गरी आक्रमण गर्दा समेत संयमतापूर्वक सुरक्षाकर्मीले पानीको फोहोरा र केही सेल अश्रुग्यासको प्रयोग गरी स्थितिलाई नियन्त्रणमा लिएको बताएको छ। 

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले कार्यक्रम समापनका क्रममा र पत्रकार सम्मेलनमार्फत उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै स्थानीय प्रशासनसँग कुनै समन्वय नगरी  काठमाडौंको तीनकुने क्षेत्रमा भेलाजम्मा भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पु-याउने र शान्ति सुरक्षा तथा अमनचयन विथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेकोमा यस कार्यालयको गम्भीर ध्यानार्कषण भएको बताएको छ ।

साथै उक्त कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान नगरिएको बताएको छ। 


 

65601e05479cc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको