Like us!
Follow us!
Connect us!
Watch us!

श्रीलङ्काको नोभेम्बर सम्मको कुल लगानीमा १.८ अर्ब अमेरिकी डलर

अर्थ संसार

शनिबार, ०९ मंसिर २०८०, १५ : ५३ मा प्रकाशित

श्रीलङ्काको नोभेम्बर सम्मको कुल लगानीमा १.८ अर्ब अमेरिकी डलर

श्रीलङ्काको लगानी बोर्ड (बीओआई) ले बिहीबारसम्म १.८ बिलियन अमेरिकी डलरको लगानी प्राप्त गरेको बताएको छ । बीओआईको प्रेस विज्ञप्तिमा जनाइए अनुसार प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) १.५ अर्ब डलर रहेको छ जुन २०२२ को सोही अवधिको तुलनामा १२२ प्रतिशतले बढेको छ भने स्थानीय लगानी २.५८  अर्ब डलर रहेको बीओआईले जनाएको छ ।

यो ऊर्जा क्षेत्रमा गरिएको ठूलो लगानीको हो र पर्यटन र उत्पादन क्षेत्रले बढी लगानी प्राप्त गरेका छन् ।

लगानी प्रवद्र्धन राज्यमन्त्री डिलुम अमुनुगामाले  बीओआईले २०२२ को लागि १ अर्ब डलरको लक्ष्य भन्दा बढी १.७५ अर्ब डलरको एफडीआई आकर्षित गर्न सफल भएको बताएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको