Like us!
Follow us!
Connect us!
Watch us!

आन्दोलनको ‘बन्धक’ बन्यो धितोपत्र बोर्ड - ३६ दिनदेखि कामकाज ठप्प,जिम्मेवार को ?

अर्थ संसार

मंगलबार, ११ कार्तिक २०८२, १६ : ३५ मा प्रकाशित

आन्दोलनको ‘बन्धक’ बन्यो धितोपत्र बोर्ड - ३६ दिनदेखि कामकाज ठप्प,जिम्मेवार को ?

सेवासुविधा कटौतीको विरोधमा रुष्ट बनेका कर्मचारीहरूको आन्दोलन जारी रहँदा नेपाल धितोपत्र बोर्ड ३६ दिनदेखि ठप्प छ।

असोज २ गते अर्थ मन्त्रालयले (राजस्व सचिवस्तरीय निर्णयमार्फत) धितोपत्र बोर्डको कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षा कोषसँग सम्बन्धित कार्यविधि तत्काल खारेज गर्न पत्र पठाएको थियो। मन्त्रालयले उक्त कार्यविधि प्रचलित कानुनविपरीत रहेको जनाउँदै, कर्मचारीहरूले पाउँदै आएको सेवासुविधा कटौती गर्न निर्देशन दिएको थियो।

यस निर्णयको विरोधमा बोर्डका कर्मचारीहरू आन्दोलित भएका हुन् र अर्थ मन्त्रालयको निर्णय फिर्ता लिएर बोर्डको स्वायत्तता कायम राख्न माग गरिरहेका छन्। कर्मचारीहरूले पेन डाउन गरेर आन्दोलन थालेपछि धितोपत्र बोर्डका सबै क्रियाकलाप ठप्प भएका छन्। 

धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाले अहिलेको आन्दोलन बोर्डको स्वायतताको लागि भएको र माग पुरा नहुँदासम्मका लागि आन्दोलन जारी रहने बताएका छन्। बोर्डको स्वायतत्ता कायम गर्नका लागि आफूहरुलाई बोर्डले पनि साथ दिनु पर्ने उनको भनाइ छ । कर्मचारीको सेवा सुविधाको विषय पनि यहि समयमा आएको भए पनि आन्दोलन बोर्डको स्वायतत्तामा नै बढी केन्द्रीत रहेको उनी बताउँछन् । 

यस्तै बाध्य भएर आन्दोलन गर्नु परेको र माग पुरा नहुँदासम्मका लागि आन्दोलन जारी रहने नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनका सचिव अशोक कुमार विष्टले  बताएका छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको