Like us!
Follow us!
Connect us!
Watch us!

एनटी फाइबर प्रयोगकर्तालाई एक महिनासम्म डाटा फ्रि

अर्थ संसार

आइतबार, २४ मंसिर २०८०, १९ : ५३ मा प्रकाशित

एनटी फाइबर प्रयोगकर्तालाई एक महिनासम्म डाटा फ्रि

नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा प्रयोग गर्न पाउने भएका छन् । नेपाल टेलिकमले भोलि मङ्सिर २५ देखि लागू हुने गरी सेवाग्राहीलाई एक महिनासम्म निःशुल्क ५० एमबीपीएस स्पिडको डाटा पाउने भएका हुन् ।

नेपाल टेलिकमले एनटी फाइबर प्रविधि अन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई प्रोमोसनल अफरका रुपमा महिना दिनसम्म सेवा दिन भएको छ । यो सेवा प्रयोग गर्नका लागि १९८ मा डायल गरी प्राप्त सन्देशअनुसार फेरि १ डायल गर्न पर्ने छ ।

तेस्तै नजिकको दूरसञ्चार कार्यालयमार्फत पनि यो सुविधा लिन सकिन्छ । एक जना ग्राहकका लागि यो सुविधा एक पटक मात्र उपलब्ध हुनेछ । एक महिना भन्दा बढी समय सम्म यो सेवा निरन्तर प्रयोग गर्ने इच्छा भएमा सेवाग्राहीले पुनः १९८ डायल गरेर १ थिच्नुपर्ने कम्पनीले भनेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको